अवैध लागुऔषध सहित दुई भारतीय पक्राउ

अवैध लागुऔषध सहित दुई भारतीय पक्राउ : Icon Khabar

रौतहट, असार १९ । सशस्त्र प्रहरी बल रौतहटले अवैध लागुऔषध सहित दुई भारतीयलाई पक्राउ गरेको छ ।

गौर चपुर सडकखण्डको ईद्रिस गेट अगाडी चेकजाँचका क्रममा सशस्त्र प्रहरीले पक्राउ गरेको हो । भारतको बिहार सितामढी जिल्ला बकरी ३ गाँउ राघोपुरका २० वर्षिय रौशन कुमार र १८ वर्षिय अमित कुमारलाई प्रहरीले पक्राउ गरेको छ ।

रौतहटको गौरबाट चन्द्रपुर तर्फ जादै गरेको यात्रुवाहक गाडीमा लुकाई छिपाई लैजादै गरेको अवास्थामा बरामद गरेको हो ।

ना.१.ज.७१०९ नम्बरको गाडिलाई विशेष सुचनाको आधारमा चेकजाँच गर्दा सिटमुनी झोलामा लुकाएर राखेको अवास्थामा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण हजमिनिया रौतहटका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक बिक्रम हुमागाईले जानकारी दिए ।

उनीहरुको साथबाट लगभग ६ सय थान लागुऔषध फेनारगन र आइपिपिएल इन्जेक्सन सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी उपरिक्षक हुमागाईका अनुसार पक्राउ परेका दुवै युवकबाट आइपिपिएल २ सय ९९ थान र फेनारगन २ सय ९९ थान बरामद भएको हो।पक्राउ परेका दुवै युवकलाई लागुऔषध सहित आवश्यक कारवाहीका लागी जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएका सशस्त्र प्रहरी बलको नम्बर ११ गणले जनाएको छ ।

Published Date: 03 July 2024
ताजा
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै
राष्ट्रिय स्वतन्त्र पार्टीको निजामती सेवा सम्बन्धी स्पष्टिकरण


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता