बुधबार पनि सुनको भाउ बढ्यो

बुधबार पनि सुनको भाउ बढ्यो : Icon Khabar

काठमाडौं, असार १९ । सुनको भाउ लगातार ५ दिन बढेको छ । यो ५ दिनमा सुनको भाउ १९ सय रुपैयाँ बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार पनि छापावाल सुन प्रतितोल ४०० रुपैयाँले बढेर १ लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४२ हजार रुपैयाँ निर्धारण भएको छ ।

यसअघि शुक्रबार, आइतबार, सोमबार र मंगलबार पनि सुनको भाउ क्रमशः प्रतितोला १०००, २००, २०० र १०० रुपैयाँले बढेको थियो । यसअघि मंगलबार सुनको मूल्य १ लाख ४२ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ४१ हजार ६०० रुपैयाँ निर्धारण भएको थियो ।

यता, बुधबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १८ सय २५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ तोलाको १८ सय ५ रुपैयाँ कायम रहेको थियो ।

 

Published Date: 03 July 2024


ताजा
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज
सोमवारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग