बुधबार पनि सुनको भाउ बढ्यो

बुधबार पनि सुनको भाउ बढ्यो : Icon Khabar

काठमाडौं, असार १९ । सुनको भाउ लगातार ५ दिन बढेको छ । यो ५ दिनमा सुनको भाउ १९ सय रुपैयाँ बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार पनि छापावाल सुन प्रतितोल ४०० रुपैयाँले बढेर १ लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४२ हजार रुपैयाँ निर्धारण भएको छ ।

यसअघि शुक्रबार, आइतबार, सोमबार र मंगलबार पनि सुनको भाउ क्रमशः प्रतितोला १०००, २००, २०० र १०० रुपैयाँले बढेको थियो । यसअघि मंगलबार सुनको मूल्य १ लाख ४२ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ४१ हजार ६०० रुपैयाँ निर्धारण भएको थियो ।

यता, बुधबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १८ सय २५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ तोलाको १८ सय ५ रुपैयाँ कायम रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 July 2024
Website | + posts