आगामी जुन २३ मा अभिनेत्री सोनाक्षी सिन्हाले जहीर इकबालसँग विवाह गर्ने

आगामी जुन २३ मा अभिनेत्री सोनाक्षी सिन्हाले जहीर इकबालसँग विवाह गर्ने : Icon Khabar

मुम्बई, असार ४ । बलिवुड अभिनेत्री सोनाक्षी सिन्हाले जुन २३ मा अभिनेता जहीर इकबालसँग विवाह गर्ने भएकी छन् ।

दुवैले कोर्ट म्यारिज गर्ने मिडिया रिपोर्टमा बताइएको छ । त्यसपछि सोही दिन साँझ मुम्बईको दादरस्थित बास्टन रेस्टुरेन्टमा रिसेप्शन पार्टी हुनेछ ।

मिडिया रिपोर्टका अनुसार जुन २२ मा इन्गेजमेन्ट हुने र अर्को दिन विवाह र साँझ रिसेप्शन हुने छ ।

जहीरले आफ्नो र सोनाक्षीको विवाहको पहिलो निमन्त्रणा सलमान खानलाई पठाएको उनका मेकअप आर्टिस्टले बताएको रिपोर्टमा उल्लेख छ ।

सोनाक्षी र जहीर ७ वर्षदेखि रिलेशनशिपमा छन् । दुबैको पहिलो भेट सलमान खानको पार्टीमा भएको थियो । केही समयको मित्रतापछि दुवै जना सम्बन्धमा आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
1
+1
1
Published Date: 18 June 2024
Website | + posts




ताजा
मोन्था चक्रवातको प्रभाव : २६ जिल्लामा सतर्कता अपनाउनु पर्ने
मंगलबार नेप्से परिसूचक ६२.२९ अंकले बढ्यो
सार्वजनिक संस्थानलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले ल्यायो नीति
मुस्ताङको लोमान्थाङ, कोरला नाका र मुक्तिनाथ क्षेत्रमा यस वर्षको पहिलो हिमपात, अत्यधिक चिसो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने