बजेट माथिको छलफलमा बुधबारबाट सम्बन्धित मन्त्रालयले जवाफ दिने

बजेट माथिको छलफलमा बुधबारबाट सम्बन्धित मन्त्रालयले जवाफ दिने : Icon Khabar

काठमाडौं, असार ४ । प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सकिंदैछ ।

मंगलबार गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको बजेटमाथि छलफल हुँदैछ ।

मंगलबार मन्त्रालयगत छलफल सकिएपछि बुधबारबाट सम्बन्धित मन्त्रालयले जवाफ दिने सम्भावित कार्यसूची छ ।

बुधबार, बिहीबार र शुक्रबार सम्बन्धित मन्त्रीहरुले सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिनेछन् । शुक्रबार नै बजेट पारित गर्ने संसदीय क्यालेन्डर छ ।

गत जेठ १५ गते अर्थमन्त्री बर्षमान पुनले आगामी आर्थिक बर्षको लागि बजेट ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 June 2024
Website | + posts










ताजा
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
कुलमान घिसिङ निस्के अमेरिका र युरोप यात्रामा










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट