भक्तपुरको आदर्श आजादमा अभिभावक भेला सम्पन्न

भक्तपुरको आदर्श आजादमा अभिभावक भेला सम्पन्न : Icon Khabar

भक्तपुर, जेठ ३२ । आदर्श आजाद मा.वि.भीमसेनस्थान भक्तपुरमा आज विद्यार्थीहरुको सिकाइ सम्बन्धि एक अभिभावक भेला सम्पन्न भयो ।

कक्षा ८,९ र १० मा अध्ययनरत विद्यार्थीहरुका अभिभावकहरुको सो भेलामा प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्रमान बिजुक्छेंले सक्रियतापूर्वक सहभागी भएका अभिभावकहरुलाई धन्यवाद दिदैं विद्यालय प्रशासन, शिक्षक र अभिभावकहरुको सम्बन्ध जति नजिक तथा घनिष्ठ भयो त्यति नै विद्यार्थीहरुको सिकाइ उपलब्धि स्तर वृद्धि हुँदै जाने बताए ।

उनले सिकाइमा व्यवहारिक तरिका प्रयोग गर्नुपर्ने कुरा राख्दै शिक्षक अभिभावकहरु आ आफ्ना कर्तव्यप्रति सचेत हुनुपर्ने धारणा राखे। सो अभिभावक भेलामा विद्यालयका प्र.अ.श्रीकृष्ण किसीले विद्यालयको शैक्षिक वातावरण थप सुधार गर्न अभिभावक शिक्षक विद्यार्थीहरुको अहम भूमिका हुने चर्चा गर्दै अभिभावकहरु नियमित विद्यालयमा आई विद्यार्थीहरुको पढाइ बारे चासो राख्न समेत अनुरोध गरे।

 

कार्यक्रममा सहायक प्र.अ.चक्रबहादुर चाकतुले विद्यालयले गर्दै आएको विभिन्न कार्यक्रमहरुको जानकारी गराउदै विद्यार्थीहरुलाई थप कक्षा सञ्चालन गरेर भए पनि विद्यार्थीको सिकाइ उपलब्धि स्तर उकास्नुपर्ने भएकोले थप कक्षा सञ्चालनको आवश्यकता भएको बताए।

कार्यक्रम सञ्चालक विद्यालयका शिक्षक राकेश सुकुपायोले सो भेलाको उद्देश्य स्पष्ट पार्दै विद्यार्थीहरुलाई नियमित कक्षा र थप कक्षाहरुमा अनिवार्य पठाउनुपर्ने कुरामा जोड दिए ।

अन्तरक्रियात्मक रुपमा भएको सो भेलामा अभिभावकहरुले विद्यार्थी र विद्यालयको बारेमा सुझाबहरु समेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 June 2024
Website | + posts