सन्दीपलाई धरौटीमा रिहा गर्ने आदेशविरुद्ध सर्वोच्चमा निवेदन दर्ता

सन्दीपलाई धरौटीमा रिहा गर्ने आदेशविरुद्ध सर्वोच्चमा निवेदन दर्ता : Icon Khabar

काठमाडौं, माघ १७ । जिल्ला अदालत काठमाडौंमा २० लाख धरौटी बुझाएर थुनामुक्त भएका क्रिकेटर सन्दीप लामिछानेलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा आज मङ्गलबार निवेदन दर्ता भएको छ । आज दिउँसो ३ बजे सर्वोच्चमा महान्यायाधिवक्ता कार्यालयले लामिछानेलाई पुर्पक्षका लागि धरौटीमा छाड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै निवेदन दिएको हो ।

सर्वोच्चको सिद्धान्त, प्रतिवादनका हिसाबले त्रुटीपूर्ण रहेका कारण त्यसलाई सच्याउन माग गर्दै निवेदन दिएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सन्जीवराज रेग्मीले बताए ।

‘‘आज सर्वोच्चमा निवेदन दर्ता गरेका छौं । थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्नेमा धरौटीमा रिहा गरिएकाले थुनामै राखी पुर्पक्ष गर्नुपर्ने मागसहित पाटनको आदेशविरुद्ध निवेदन दर्ता गरेका हौं ।,’’ प्रवक्ता रेग्मीले भने ।

उच्च अदालत पाटनले पुस २८ गते लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । सोहि अनुसार पुस २९ गते लामिछानेले जिल्ला अदालत काठमाडौंमा २० लाख धरौटी बुझाएर थुनामुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 January 2023
Website | + posts




ताजा
सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी
अबिरल वर्षाका कारण नेपालका मुख्य सडक र पुलमा मात्रै ७ अर्ब ९१ करोड रुपैयाँ बराबरको क्षति
बिहीबार नेप्से परिसूचक २२.५९ अंकले बढ्यो
माइतीघरमा प्रदर्शन गर्न खोजेको आरोपमा पक्राउ पर्नेको संख्या १४ पुग्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?