सन्दीपलाई धरौटीमा रिहा गर्ने आदेशविरुद्ध सर्वोच्चमा निवेदन दर्ता

सन्दीपलाई धरौटीमा रिहा गर्ने आदेशविरुद्ध सर्वोच्चमा निवेदन दर्ता : Icon Khabar

काठमाडौं, माघ १७ । जिल्ला अदालत काठमाडौंमा २० लाख धरौटी बुझाएर थुनामुक्त भएका क्रिकेटर सन्दीप लामिछानेलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा आज मङ्गलबार निवेदन दर्ता भएको छ । आज दिउँसो ३ बजे सर्वोच्चमा महान्यायाधिवक्ता कार्यालयले लामिछानेलाई पुर्पक्षका लागि धरौटीमा छाड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै निवेदन दिएको हो ।

सर्वोच्चको सिद्धान्त, प्रतिवादनका हिसाबले त्रुटीपूर्ण रहेका कारण त्यसलाई सच्याउन माग गर्दै निवेदन दिएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सन्जीवराज रेग्मीले बताए ।

‘‘आज सर्वोच्चमा निवेदन दर्ता गरेका छौं । थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्नेमा धरौटीमा रिहा गरिएकाले थुनामै राखी पुर्पक्ष गर्नुपर्ने मागसहित पाटनको आदेशविरुद्ध निवेदन दर्ता गरेका हौं ।,’’ प्रवक्ता रेग्मीले भने ।

उच्च अदालत पाटनले पुस २८ गते लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । सोहि अनुसार पुस २९ गते लामिछानेले जिल्ला अदालत काठमाडौंमा २० लाख धरौटी बुझाएर थुनामुक्त भएका थिए ।

Published Date: 31 January 2023






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न