चौधरी ग्रुपको मोबाइल सेवाको लाइसेन्स खारेज

चौधरी ग्रुपको मोबाइल सेवाको लाइसेन्स खारेज : Icon Khabar

काठमाडौं, जेठ २४ । चौधरी ग्रुप (सीजी)को मोबाइल सेवाको अनुमति पत्र (लाइसेन्स) खारेज भएको छ ।

तोकिएको अवधिभित्र दस्तुरसहित निवेदन नदिएपछि स्वत: लाइसेन्स खारेज भएको नेपाल दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ ।
सिजी कम्युनिकेशन (तत्कालीन एसटीएम टेलिकम सञ्चा प्रालि)ले २१ नोभेम्बर २००३ मा ग्रामीण दूरसञ्चार सेवाको लाइसेन्स पाएको थियो ।

तर, तोकिएको अवधिमा सिजीले निवेदन नै दिएन । निवेदन नदिएपछि सूरसञ्चार ऐन २०५३ को दफा २५(५) अनुसार स्वत: खारेज भएको हो ।
गत वर्ष २०८० मंसिरदेखि नै लागू हुनेगरी सीजीको लाइसेन्स खारेज भएको प्राधिकरणले सार्वजनिक जानकारी गराएको छ ।

तत्कालीन समयमा एसटीएम टेलिकमले ग्रामीण क्षेत्रमा मोवाइल सेवा दिने उद्देश्यले लाइसेन्स लिएको थियो । तर, पूर्वाधार नै निर्माण गरेन । र, नवीकरणको निवेदन नै नदिंदा २० वर्षपछि स्वत: लाइसेन्स खारेज भयो ।

Published Date: 06 June 2024


ताजा
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
शुक्रबार बिहान ५–६ बजे प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
चीनका शहरमा सेलिब्रिटी होइन, वैज्ञानिकका तस्वीर; नेपालमा पनि यस्तो अभियान सुरु गर्ने हो कि?
कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग