किन बढ्दैछ सुनको भाउ ? प्रतितोला १ लाख ४४ हजार रुपैयाँ पुग्यो

किन बढ्दैछ सुनको भाउ ? प्रतितोला १ लाख ४४ हजार रुपैयाँ पुग्यो : Icon Khabar

काठमाडौं, जेठ २४ । सुनको भाउले आज (जेठ २४ गते) अर्को नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ प्रतितोला १८ सय रुपैयाँले बढेर १ लाख ४४ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४३ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि जेठ २२ गते सुनको मुल्यमा नयाँ रेकर्ड कामय भएको थियो । सो दिन छापावाल सुन प्रतितोला १ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ प्रतितोला १ लाख ४२ हजार रुपैयाँ निर्धारण भएको थियो ।

बुधबार भने छापावाल सुन प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ प्रतितोला १ लाख ४१ हजार ५०० रुपैयाँ निर्धारण भएको थियो ।

जेठ १५ गते सार्वजनिक भएको आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट मार्फत सुनको भन्सार दर २० प्रतिशत लाग्ने घोषणा गरेसँगै नेपाली बजारमा यसको भाउ उच्च बिन्दुमा पुगेको हो । सरकारले यसअघि कायम रहेको १५ प्रतिशत भन्सार दरलाई बजेटमार्फत ५ प्रतिशत बढाएर २० प्रतिशत पुर्याएको जनाएको थियो ।

यस्तै, पछिल्लो समय विश्व बजारमा पनि सुनको मूल्य उच्च रहेको छ । अमेरिकी ट्रेजरीको प्रतिफलमा आएको गिरावट लगायतका कारण सुनको मूल्यमा प्रभाव परेको विश्लेषकहरुले तर्क गरेका छन् ।

यस्तै, अमेरिकी डलर मजबुत बन्दै जानु, चीनले सुन भण्डारन बढाउनु लगायतका कारणले पनि सुनको भाउ अन्तर्राष्ट्रिय बजारमानै बढेको विश्लेषकहरुको भनाई छ । विश्वबजारमा सुनको माग बढेसँगै यसको भाउ पनि बढेको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले त्यसको सीधा प्रभाव नेपाली बजारमा पनि पर्ने गरेको छ ।

यता, आज चाँदीको भाउपनि प्रतितोला २५ रुपैयाँले बढेर १८ सय ५० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार चाँदीको भाउ प्रतितोला १८ सय २५ रुपैयाँ रहेको थियो ।

Published Date: 06 June 2024


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु