किन बढ्दैछ सुनको भाउ ? प्रतितोला १ लाख ४४ हजार रुपैयाँ पुग्यो

किन बढ्दैछ सुनको भाउ ? प्रतितोला १ लाख ४४ हजार रुपैयाँ पुग्यो : Icon Khabar

काठमाडौं, जेठ २४ । सुनको भाउले आज (जेठ २४ गते) अर्को नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ प्रतितोला १८ सय रुपैयाँले बढेर १ लाख ४४ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४३ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि जेठ २२ गते सुनको मुल्यमा नयाँ रेकर्ड कामय भएको थियो । सो दिन छापावाल सुन प्रतितोला १ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ प्रतितोला १ लाख ४२ हजार रुपैयाँ निर्धारण भएको थियो ।

बुधबार भने छापावाल सुन प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ प्रतितोला १ लाख ४१ हजार ५०० रुपैयाँ निर्धारण भएको थियो ।

जेठ १५ गते सार्वजनिक भएको आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट मार्फत सुनको भन्सार दर २० प्रतिशत लाग्ने घोषणा गरेसँगै नेपाली बजारमा यसको भाउ उच्च बिन्दुमा पुगेको हो । सरकारले यसअघि कायम रहेको १५ प्रतिशत भन्सार दरलाई बजेटमार्फत ५ प्रतिशत बढाएर २० प्रतिशत पुर्याएको जनाएको थियो ।

यस्तै, पछिल्लो समय विश्व बजारमा पनि सुनको मूल्य उच्च रहेको छ । अमेरिकी ट्रेजरीको प्रतिफलमा आएको गिरावट लगायतका कारण सुनको मूल्यमा प्रभाव परेको विश्लेषकहरुले तर्क गरेका छन् ।

यस्तै, अमेरिकी डलर मजबुत बन्दै जानु, चीनले सुन भण्डारन बढाउनु लगायतका कारणले पनि सुनको भाउ अन्तर्राष्ट्रिय बजारमानै बढेको विश्लेषकहरुको भनाई छ । विश्वबजारमा सुनको माग बढेसँगै यसको भाउ पनि बढेको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले त्यसको सीधा प्रभाव नेपाली बजारमा पनि पर्ने गरेको छ ।

यता, आज चाँदीको भाउपनि प्रतितोला २५ रुपैयाँले बढेर १८ सय ५० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार चाँदीको भाउ प्रतितोला १८ सय २५ रुपैयाँ रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 June 2024
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता