रेडियो जनताको स्टेशन म्यानेजरमा खड्का नियुक्त

रेडियो जनताको स्टेशन म्यानेजरमा खड्का नियुक्त : Icon Khabar

काठमाडौँ, जेठ २१ । काठमाडौँमा अवस्थित रेडियो जनता ८९.१ मेगाहर्जको स्टेशन म्यानेजरमा सागर खड्का नियुक्त भएका छन्।

जनता प्रकाशन तथा प्रसाण लिमिटेडका अध्यक्ष डा.विजय कुमार पौडेल र प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले एक कार्यक्रमका बिच खड्कालाई स्टेशन म्यानेजरको पदमा नियुक्त गरेका हुन्।

खड्का लामो समयदेखि पत्रकारिता क्षेत्रमा कार्यरत छन्। सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत आचार्यले रेडियोका नवनियुक्त स्टेशन म्यानेजर खड्कालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिदै संस्थालाई अझै अगाडि बढाउन खड्काले ठुलो भुमिका खेल्ने विश्वास व्यक्त गरे।

यस्तै कम्पनीका अध्यक्ष पौडेलले बदलिदो संञ्चार जगतमा रेडियोलाई थप शसक्त बनाउन सिंगो समुह लाग्नुपर्ने बताए।

नवनियुक्त म्यानेजर खड्काले आफुलाई स्टेशन म्यानेजरको जिम्मेवारी दिएकोमा सञ्चालक समितिप्रति आभार व्यक्त गरे । साथै उनले रेडियोको आर्थिक उन्नति र प्रगतिका लागि आफु प्रतिवद्धभएर लाग्ने बताए ।

Published Date: 03 June 2024


ताजा
भक्तपुर नगरपालिकाले सञ्चालनमा ल्यायो घुम्ती शौचालय, नगरवासी र पर्यटकलाई सहज
७ हजारमा एलपी ग्यास बिक्री गरेको आरोपमा भक्तपुरका तुलसीराम त्वयना पक्राउ
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली
सुनको भाउ बढेको बढ्यै


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु