रेडियो जनताको स्टेशन म्यानेजरमा खड्का नियुक्त

रेडियो जनताको स्टेशन म्यानेजरमा खड्का नियुक्त : Icon Khabar

काठमाडौँ, जेठ २१ । काठमाडौँमा अवस्थित रेडियो जनता ८९.१ मेगाहर्जको स्टेशन म्यानेजरमा सागर खड्का नियुक्त भएका छन्।

जनता प्रकाशन तथा प्रसाण लिमिटेडका अध्यक्ष डा.विजय कुमार पौडेल र प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले एक कार्यक्रमका बिच खड्कालाई स्टेशन म्यानेजरको पदमा नियुक्त गरेका हुन्।

खड्का लामो समयदेखि पत्रकारिता क्षेत्रमा कार्यरत छन्। सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत आचार्यले रेडियोका नवनियुक्त स्टेशन म्यानेजर खड्कालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिदै संस्थालाई अझै अगाडि बढाउन खड्काले ठुलो भुमिका खेल्ने विश्वास व्यक्त गरे।

यस्तै कम्पनीका अध्यक्ष पौडेलले बदलिदो संञ्चार जगतमा रेडियोलाई थप शसक्त बनाउन सिंगो समुह लाग्नुपर्ने बताए।

नवनियुक्त म्यानेजर खड्काले आफुलाई स्टेशन म्यानेजरको जिम्मेवारी दिएकोमा सञ्चालक समितिप्रति आभार व्यक्त गरे । साथै उनले रेडियोको आर्थिक उन्नति र प्रगतिका लागि आफु प्रतिवद्धभएर लाग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
5
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 June 2024
Website | + posts




ताजा
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने
७० वर्षभन्दा माथिका जेष्ठ नागरिकले हवाई टिकटमा ५० प्रतिशत छुट पाउने
नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ को नयाँ पोस्टर सार्वजनिक, माघ १६ गतेदेखि प्रदर्शनमा आउने
बक्यौता रकम तिर्न अटेर गरिरहेका उद्योगहरुमा प्राधिकरणले लाइन काट्ने चेतावानी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित