पिएनजीविरुद्ध वेस्ट इन्डिजको जित

पिएनजीविरुद्ध वेस्ट इन्डिजको जित : Icon Khabar

काठमाडौं, जेठ २१ । सह-आयोजक वेस्ट इन्डिजले आइसिसी टि-२० विश्वकप २०२४ मा जित सहित आफ्नो यात्राको सुरुवात गरेको छ । समूह चरणको आफ्नो पहिलो खेलमा वेस्ट इन्डिजले पपुवा न्युगिनी (पिएनजी) माथि ५ विकेटको जित दर्ता गरेको हो ।

पिएनजीले दिएको १३७ रनको मध्यम लक्ष्य वेस्ट इन्डिजले १९ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । वेस्ट इन्डिजका लागि रोस्टन चेजले २७ बलमा ४ चौका र २ छक्का सहित ४२ रनको अविजित इनिङ खेले ।

ओपनर ब्रान्डन किंगले २९ बलमा ७ चौका सहित ३४ रन जोडे । निकोलस पुरनले २७ तथा रोभमन पावेल र आन्द्रे रसेलले १५-१५ रन जोडे ।

पिएनजीका लागि असद भालाले २ तथा अलेइ नाओ, चाड सोपर र जोन करीकोले समान १-१ विकेट लिए ।

त्यसअघि गयानामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पिएनजीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३६ रन बनाएको थियो । केही सुस्त सुरुवात गरेको पिएनजीले अन्तिम ओभरमा राम्रो ब्याटिङ गर्दै प्रतिस्पर्धात्मक स्कोर खडा गरेको थियो ।

पिएनजीका लागि सेसे बाउले ४३ बलमा ६ चौका र १ छक्का सहित सर्वाधिक ५० रन बनाए । किप्लिन डोरिगाले १८ बलमा २७ रन जोडे । असद भालाले २२ बलमा २१ रन बनाए । चार्ल्स अमिनीले १२ तथा चाड सोपरले १० रनको योगदान गरे ।

वेस्ट इन्डिजका लागि आन्द्रे रसेल र अलजारी जोसेफले समान २-२ विकेट लिएका थिए । यस्तै अकिल होसेन, रोमारियो शेफेर्ड र गुडकेश मोतिले १-१ विकेट लिए ।

वेस्ट इन्डिज र पिएनजी रहेको समूह सि मा न्युजिल्यान्ड, अफगानिस्तान र युगान्डा रहेका छन् ।

विश्वकप अन्तर्गत सोमबार नेपाली समय अनुसार बिहान ५:१५ बजे नामिबिया र ओमान भिड्ने छन् भने बेलुका ८:१५ बजे दक्षिण अफ्रिका र श्रीलंका भिड्ने छन् ।– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 June 2024
Website | + posts
ताजा
ह्वाइट हाउसले सुरू गर्यो आधिकारिक टिकटक खाता
खानेपानी, जलस्रोत तथा सिँचाइ क्षेत्रमा दिगो र वैज्ञानिक प्रणाली अपनाउनु वर्तमान समयको आवश्यकता : मन्त्री यादव
प्रधानमन्त्री ओली प्रतिनिधि सभामा सांसदहरूसँग प्रश्नोत्तरमा सहभागी नहुने
नाइजेरियाको एक मस्जिदमा आक्रमण हुँदा २७ जनाको मृत्यु


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू