पिएनजीविरुद्ध वेस्ट इन्डिजको जित

पिएनजीविरुद्ध वेस्ट इन्डिजको जित : Icon Khabar

काठमाडौं, जेठ २१ । सह-आयोजक वेस्ट इन्डिजले आइसिसी टि-२० विश्वकप २०२४ मा जित सहित आफ्नो यात्राको सुरुवात गरेको छ । समूह चरणको आफ्नो पहिलो खेलमा वेस्ट इन्डिजले पपुवा न्युगिनी (पिएनजी) माथि ५ विकेटको जित दर्ता गरेको हो ।

पिएनजीले दिएको १३७ रनको मध्यम लक्ष्य वेस्ट इन्डिजले १९ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । वेस्ट इन्डिजका लागि रोस्टन चेजले २७ बलमा ४ चौका र २ छक्का सहित ४२ रनको अविजित इनिङ खेले ।

ओपनर ब्रान्डन किंगले २९ बलमा ७ चौका सहित ३४ रन जोडे । निकोलस पुरनले २७ तथा रोभमन पावेल र आन्द्रे रसेलले १५-१५ रन जोडे ।

पिएनजीका लागि असद भालाले २ तथा अलेइ नाओ, चाड सोपर र जोन करीकोले समान १-१ विकेट लिए ।

त्यसअघि गयानामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पिएनजीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३६ रन बनाएको थियो । केही सुस्त सुरुवात गरेको पिएनजीले अन्तिम ओभरमा राम्रो ब्याटिङ गर्दै प्रतिस्पर्धात्मक स्कोर खडा गरेको थियो ।

पिएनजीका लागि सेसे बाउले ४३ बलमा ६ चौका र १ छक्का सहित सर्वाधिक ५० रन बनाए । किप्लिन डोरिगाले १८ बलमा २७ रन जोडे । असद भालाले २२ बलमा २१ रन बनाए । चार्ल्स अमिनीले १२ तथा चाड सोपरले १० रनको योगदान गरे ।

वेस्ट इन्डिजका लागि आन्द्रे रसेल र अलजारी जोसेफले समान २-२ विकेट लिएका थिए । यस्तै अकिल होसेन, रोमारियो शेफेर्ड र गुडकेश मोतिले १-१ विकेट लिए ।

वेस्ट इन्डिज र पिएनजी रहेको समूह सि मा न्युजिल्यान्ड, अफगानिस्तान र युगान्डा रहेका छन् ।

विश्वकप अन्तर्गत सोमबार नेपाली समय अनुसार बिहान ५:१५ बजे नामिबिया र ओमान भिड्ने छन् भने बेलुका ८:१५ बजे दक्षिण अफ्रिका र श्रीलंका भिड्ने छन् ।– एजेन्सी

Published Date: 03 June 2024


ताजा
भक्तपुर नगरपालिकाले सञ्चालनमा ल्यायो घुम्ती शौचालय, नगरवासी र पर्यटकलाई सहज
७ हजारमा एलपी ग्यास बिक्री गरेको आरोपमा भक्तपुरका तुलसीराम त्वयना पक्राउ
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली
सुनको भाउ बढेको बढ्यै


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु