आईफोनमा ब्याट्री नटिकेर हैरान हुनुहुन्छ ? यी उपाय अपनाउनुस

आईफोनमा ब्याट्री नटिकेर हैरान हुनुहुन्छ ? यी उपाय अपनाउनुस : Icon Khabar

काठमाडौं, जेठ २० । चाँडै ब्याट्री बिग्रनुका पछाडि विभिन्न कारणहरू छन् । तीमध्ये एक हो तापक्रम । चाहे धेरै चिसो मौसम होस् या उच्च गर्मी, यी दुवै अवस्थामा विद्युतीय साधनमा प्रयोग हुने ब्याट्री बिग्रन सक्छ । यसमा फोन छुट्ने कुरै भएन ।

कहिलेकाहीँ हार्डवेयरले मात्र नभएर सफ्टवेयरले समेत ब्याट्रीलाई ठूलो असर पारिरहेको हुन्छ । आज हामी आईफोनमा ब्याट्री टिकाउने १० तरिकाबारे चर्चा गर्ने छौं:

१. फुल चार्ज गर्नु

चार्जिङ साइकल कम गरेर ब्याट्रीलाई स्वस्थ राख्ने तरिका हो, ब्याट्री फुल चार्ज गर्नु । छोटो समयमा लगातार चार्ज गरिरहनु पनि हुँदैन । यसका साथै सकभर फोनको ब्याट्री २० प्रतिशतभन्दा तल झर्न नदिनु राम्रो मानिन्छ ।

२. ‘अप्टिमाइज्ड ब्याट्री चार्जिङ’ फिचर अन गर्नु

ब्याट्रीलाई अझ प्रभावकारी बनाउन एप्पलले विभिन्न इनबिल्ट फिचर राखेको छ । ती मध्येको एक हो, चार्जिङ अप्टिमाइजेसन फङ्सनालिटी । तपाईंले यो फिचर फोनको सेटिङभित्र फेला पार्न सक्नुहुन्छ । यसले ब्याट्रीको आयु लामो बनाउन सहयोग गर्छ । यो फिचर आईओएस १३ र यस पछाडिका भर्सनमा उपलब्ध छ ।

३. एपहरूलाई ब्याकग्राउन्डमा रिफ्रेस हुन नदिनु

ब्याकग्राउन्डमा चल्ने एपका कारण मौसम तथा ईमेलबारे आईफोनले अपडेट देखाउँछ । तर यसले ब्याट्री सकाइरहेको छ । यो बन्द गर्न सेटिङ हुँदै जनरलमा जानुहोस् । त्यहाँ रहेको ब्याकग्राउन्ड एप रिफ्रेसमा ट्याप गर्नुहोस् र अफ अप्सनलाई छनौट गरी ब्याकग्राउन्डलाई समग्रमा बन्द गरिदिनुहोस् ।

४. म्यागसेफको सट्टा वायर्ड चार्जिङ गर्नु

अधिकांश प्रिमियम फोनमा वायरलेस चार्जिङ हुन्छ । तर वायर्ड चार्जिङको तुलनामा यो प्रविधि अलि ढिलो र धेरै सुधार गर्न जरुरी छ । जसले गर्दा यस तरिकाबाट चार्ज गर्दा फोन तात्ने जस्ता समस्या देखिन्छ । यही कारण विकल्प नभएको बेला बाहेक म्यागसेफ प्रयोग नगरी वायर्ड चार्जिङ प्रयोग गर्नु राम्रो हुन्छ ।

५. चार्ज गर्दा फोन प्रयोग नगर्नु

सामान्य अवस्थामा पनि फोन चलाउँदा तातिने गर्छ । अझ चार्ज गरिरहेकै अवस्थामा फोन चलाउँदा तातिने गर्छ । यो बानीले ब्याट्रीलाई चाँडो बिगार्न सक्छ । यसकारण सकेसम्म चार्जिङ गर्दा तपाईंले फोन प्रयोग नगर्दा नै राम्रो हुन्छ ।

६. प्रतिकूल मौसममा चार्ज नगर्नु

प्रतिकूल मौसममा पनि चल्न सक्ने गरी आईफोन डिजाइन गरिएको एप्पलले दाबी गर्ने गर्छ । तर तपाईंले अत्यधिक ठन्डा अथवा गर्मी मौसममा चार्ज नगर्दा राम्रो हुन्छ । किनकि यसले ब्याट्रीको स्वास्थ्यलाई प्रत्यक्ष असर पारिरहेको छ । उदाहरणका लागि, प्रत्यक्ष सूर्यको किरण पर्ने ठाउँमा चार्ज गर्नु र कोठा भित्रमा चार्ज गर्नुमा धेरै अन्तर हुन्छ ।

७. लो पावर मोडलाई इनेबल गर्नु

नाम अनुसारको काम भने जसरी यो फिचरको काम फोनलाई सकेसम्म कम पावरमा चलाउनु हो । विशेष गरेर लामो यात्रा गर्दा यो फिचर उपयोगी हुन्छ । अन्य अवस्थामा जब तपाईंको आईफोनको ब्याट्री २० प्रतिशतभन्दा तल झर्छ, लो पावर मोडमा स्विच गर्न सक्नुहुन्छ ।

यसका लागि नोटिफिकेसन समेत पाउनुहुन्छ । जसको आधारमा एउटा ट्यापमै लो पावर मोड इनेबल गर्न सकिन्छ । यसबाहेक तपाईंले सेटिङमा गएर म्यानुअल्ली मिलाउन पनि सक्नुहुन्छ । स्क्रिन तलतर्फ स्क्रोल गर्नुहोस् र ब्याट्रीमा ट्याप गर्नुहोस् । त्यसपछि लो पावर मोडको टोगल अन गरिदिनुहोस् ।

८. नोटिफिकेसन अफ गर्नु

फोनमा कतिपय त्यस्ता एप राखिएको हुन्छ, जुन खासै प्रयोगमा आउँदैनन् । तर ती प्रयोग नभए पनि ब्याकग्राउन्डमा चलिरहेका हुन्छन् । अनि समय-समयमा नोटिफिकेसन पठाइरहेका हुन्छन् । यसकारण कुनै एपको अपडेट तपाईंलाई आवश्यक पर्दैन जस्तो लाग्छ भने तिनको नोटिफिकेसन अफ गर्न सक्नुहुन्छ ।

९. एडाप्टर तातिए चार्ज गर्न रोक्नु

चार्ज गरिरहेको समयमा अनावश्यक रूपमा फोन तातिन्छ भने केही समयलाई चार्ज गर्न बन्द गर्नु नै राम्रो मानिन्छ । सामान्य रूपमा बुझ्दा ताप भनेको ब्याट्रीको एक प्रकारको शत्रु नै हो । किनकी त्यसले ब्याट्रीको स्वास्थ्यलाई बिगार्ने मात्र नभइ कहिलेकाहीँ विष्फोट हुन समेत सक्छ । यसकारण सामान्य अवस्थाभन्दा बढी फोन तथा चार्जर तातिए चार्ज गर्न रोक्नु पर्छ ।

१०. आईओएस अपडेट गर्नु

आईओएस अपेटमा नयाँ फिचरमात्र नभएर ब्याट्रीको स्वस्थ्यसँग सम्बन्धित नयाँ अपडेट आएको हुन्छ । यसकारण एप्पलले आईओएसको नयाँ भर्सन सार्वजनिक गरेसँगै तपाईंले पनि आईफोन अपडेट गर्नु राम्रो हुन्छ । यसका लागि सुरुमा आफ्नो आईफोन अथवा आईओएस डिभाइसको सेटिङमा जानुहोस् । जनरल अप्सनमा ट्याप गर्नुहोस् ।

अब सफ्टवेयर अपडेटमा थिच्नुहोस् र उपलब्ध अपडेट हेर्नुहोस् । फोन रिचार्ज गर्नुहोस् र आफ्नो आईफोन अपडेट गर्नुहोस् ।

यसका साथै तपाईंले आफ्नो आईफोनलाई कम्प्युटरमा जोडेर आईट्युन्सको पछिल्लो भर्सनको साथमा अपडेट गर्न पनि सक्नुहुन्छ । तपाईंले आईफोनको स्क्रिनको ब्राइटनेस घटाएर अनि वाई-फाई प्रयोग गरेर समेत ब्याट्री लाइफ जोगाउन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 June 2024
Website | + posts


ताजा
अरनिको राजमार्ग तत्काल खुलाउन मन्त्री घिसिङद्वारा सडक विभागलाई निर्देशन
अरनिको राजमार्गको समस्या दीर्घकालीन रूपमा समाधान गर्न माग
काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थाल्यो
सिंहदरबार परिसरमा जलाइएका सवारीसाधनलाई व्यवस्थापन गर्न मन्त्री घिसिङको निर्देशन


ट्रेन्डिङ
भक्तपुर मोडर्नमा मतदान र खाद्य प्रदर्शनी सम्पन्न
राजु कर्माचार्यको आफ्नै शब्द, संगीत र स्वरमा सजिएको नयाँ गीत “आफ्नो मान्छे” सार्वजनिक
आइकन खबर डटकम अब साइकल कनेक्ट भक्तपुरको आधिकारिक मिडिया पार्टनर
सुनको मूल्यले रेकर्ड बनाउने क्रम जारी, चाँदी भने सामान्य घट्यो