आइतबार सुनको भाउमा सामान्य गिरावट

आइतबार सुनको भाउमा सामान्य गिरावट : Icon Khabar

काठमाडौं, जेठ २० । अघिल्लो दिन रेकर्ड कायम गरेको सुनको भाउ आइतबार भने घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर १ लाख ४२ हजार रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४१ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि शुक्रबार (जेठ १८ गते) छापावाल सुन अहिलेसम्मकै उच्च तोलाको १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ४१ हजार ५०० रुपैयाँ निर्धारण भएको थियो ।

आज चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँले घटेर १८ सय ५० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १८ सय ७५ रुपैयाँ कायम रहेको थियो ।

Published Date: 02 June 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड