नेपालगन्जको तापक्रम ४२ डिग्री मापन, तापक्रम क्रमशः बढ्दै

नेपालगन्जको तापक्रम ४२ डिग्री मापन, तापक्रम क्रमशः बढ्दै : Icon Khabar

नेपालगन्ज, जेठ ६ । शनिवार नेपालगन्जको अधिकतम तापक्रम यस वर्षकै उच्च ४२ दशमलव ६ डिग्री मापन भएको छ।

जल तथा मौसम विभाग फिल्ड कार्यालय नेपालगन्जकी फिल्ड इन्चार्ज मीना सिवाकोटीले शनिवार नेपालगन्जको अधिकतम तापक्रम ४२ दशमलव ६ डिग्री सेल्सियस मापन भएको बताउनुभयो । उहाँका अनुसार यो नेपालगन्जको यस वर्षकै उच्च तापक्रम हो ।

नेपालगन्जमा केही दिनदेखि अधिकतम तापक्रम क्रमशः बढ्दै गएको पाइएको छ । फिल्ड इन्चार्ज सिवाकोटीका अनुसार गत बिहीबार नेपालगन्जको अधिकतम तापक्रम ४० दशमलव ५ डिग्री सेल्सियस थियो ।

त्यसैगरी शुक्रवार ४१ दशमलव १ डिग्री मापन भएको नेपालगन्जको अधिकतम तापक्रम शनिवार भने ४२ दशमलव ६ डिग्री सेल्सियस मापन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 May 2024
Website | + posts
ताजा
बुधबार सेयर बजार परिसूचक नेप्से ९.७० अंकले घट्यो
बाढीपहिरोका कारण एक महिनादेखि उत्तरी नाका बन्द भएपछि १७ सय कन्टेनर अलपत्र
ह्वाइट हाउसले सुरू गर्यो आधिकारिक टिकटक खाता
खानेपानी, जलस्रोत तथा सिँचाइ क्षेत्रमा दिगो र वैज्ञानिक प्रणाली अपनाउनु वर्तमान समयको आवश्यकता : मन्त्री यादव


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू