नेपालगन्जको तापक्रम ४२ डिग्री मापन, तापक्रम क्रमशः बढ्दै

नेपालगन्जको तापक्रम ४२ डिग्री मापन, तापक्रम क्रमशः बढ्दै : Icon Khabar

नेपालगन्ज, जेठ ६ । शनिवार नेपालगन्जको अधिकतम तापक्रम यस वर्षकै उच्च ४२ दशमलव ६ डिग्री मापन भएको छ।

जल तथा मौसम विभाग फिल्ड कार्यालय नेपालगन्जकी फिल्ड इन्चार्ज मीना सिवाकोटीले शनिवार नेपालगन्जको अधिकतम तापक्रम ४२ दशमलव ६ डिग्री सेल्सियस मापन भएको बताउनुभयो । उहाँका अनुसार यो नेपालगन्जको यस वर्षकै उच्च तापक्रम हो ।

नेपालगन्जमा केही दिनदेखि अधिकतम तापक्रम क्रमशः बढ्दै गएको पाइएको छ । फिल्ड इन्चार्ज सिवाकोटीका अनुसार गत बिहीबार नेपालगन्जको अधिकतम तापक्रम ४० दशमलव ५ डिग्री सेल्सियस थियो ।

त्यसैगरी शुक्रवार ४१ दशमलव १ डिग्री मापन भएको नेपालगन्जको अधिकतम तापक्रम शनिवार भने ४२ दशमलव ६ डिग्री सेल्सियस मापन भएको थियो ।

Published Date: 19 May 2024


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग