आइतबार सुनको भाउ प्रतितोला रू १६ सयले बढ्यो, नयाँ रेकर्ड कायम

आइतबार सुनको भाउ प्रतितोला रू १६ सयले बढ्यो, नयाँ रेकर्ड कायम : Icon Khabar

काठमाडौं, जेठ ६ । सुन–चाँदीको भाउले आज (जेठ ६ गते) नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ प्रतितोला १६ सय रुपैयाँले बढेर १ लाख ४० हजार ९०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४० हजार २०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि बिहीबार (जेठ ३ गते ) सुनको मुल्यमा नयाँ रेकर्ड कामय भएको थियो । सो दिन छापावाल सुन प्रतितोला १ लाख ४० हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ प्रतितोला १ लाख ३९ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो ।

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ३८ हजार ६५० रुपैयाँ निर्धारण भएको थियो ।

Published Date: 19 May 2024


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग