के तपाईको मृगौलाले ठिकसँग काम गरिरहेको छ ?

के तपाईको मृगौलाले ठिकसँग काम गरिरहेको छ ? : Icon Khabar

काठमाडौँ, जेठ ६ । प्रत्येक मानिसका शरीरमा मेरुदण्डको दुवैतर्फको मध्यभागमा करङको ठीक मुनि दुई वटा सिमी आकारको अंगहरू हुन्छन्। यिनै अंगलाई मिर्गौलाभनिन्छ।

मिर्गौलाले २४ घण्टामा करिब २ सय लिटर रगत छान्ने काम गर्दछ। यस प्रक्रियाबाट रगतमा भएका विकार वस्तु हटाउनुका साथै अत्यधिक पानीलाई पिसाबको माध्यबाट बाहिर निकाली शरीरमा पानीको मात्रामा सन्तुलन कायम गर्दछ।

यही महत्वपूर्ण अंगमा देखिने रोगलाई नै मिर्गौला रोग भनेर चिनिन्छ।

मिर्गौला ठीकसँग काम गरे नगरेको कसरी थाहा पाउने?
– रगतमा युरिन र क्रियाटिन मात्रा हेरेर
– २४ घण्टाको पिसाब जम्मा गरि क्रियाटिन क्लियरेनस पत्ता लगाएर
– रगतमा हेमोग्लोबिन, क्याल्सियम र फस्फोरसको परीक्षण गरेर
– मिर्गौलाको हर्मोन उत्पादन सम्बन्धी जाँच गरेर

मिर्गौला रोगका कारण
– मधुमेह, उच्चरक्तचाप, युरिक एसिड, पिसाब सम्बन्धी संक्रमण, दुःखाइ कम गर्ने औषधिको अधिकतम प्रयोग गर्ने।
– अनावश्यक एन्टीबायोटिकको प्रयोग, पिसाब नलीको बनावटका खराबी, वंशाणुगत रोग, मिर्गौलामा पत्थरी।

मिर्गौला रोगका लक्षण
– थकाइ र कमजोरी महशुस हुनु
– छाला चिलाउनु
– राती बढी पिसाब लाग्नु
– हात गोडा सुन्निनु
– महिनावारी गडबडी
– निदाउन कठिनाइ पर्नु
– आँखा वरीपरी सुन्निनु
– मांसपेशी बाउँडिनु
– कामबासनामा कमी आउनु
– रक्तअल्पता
यी लक्ष्यणहरू अन्य अवस्थामा पनि हुन सक्छन्। यस्ता स्वास्थ्य समस्या भएमा तुरुन्तै परीक्षण गराउनु पर्दछ।

मिर्गौला फेल भएपछिका उपचार विधि
– डायलाइसिस
– मिर्गौला प्रत्यारोपण

मिर्गौला रोगीले अपनाउनु पर्ने सावधानी
– विभिन्न किसिमका रोगबाट बच्ने खोप लगाउने।
– रक्तचाप नियन्त्रण गर्ने।
– रगतमा चिनीको मात्रा नियन्त्रण राख्ने।
– समुचित खानपानमा ध्यान दिने।
– प्रोटिनयुक्त खानेकुरा कम खाने।
– धूमपान तथा मध्यपान नगर्ने
– नियमित रुपमा विज्ञहरूको सल्लाहअनुसार काम गर्ने।
– चिकित्सकको सल्लाहविना औषधि सेवन नगर्ने।
– मधुमेह र उच्च रक्तचापको लागि दिएको औषधि नियमित सेवन गर्ने।

रोकथाम
– प्रत्येक ६ महिनामा एकपटक स्वास्थ्य परिक्षण गराउने।
– अनुशासित जीवन बिताउने।
– सन्तुलित स्वास्थ्य आहार।
– नियमित व्यायाम
– जाँड,रक्सी,चुरोट, बिँडीजस्ता सुर्तिजन्य पदार्थ सेवन नगर्ने।
– विभिन्न रङ तथा केमिकल हालेका खानेकुरा नखाने।

Published Date: 19 May 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड