के तपाईको मृगौलाले ठिकसँग काम गरिरहेको छ ?

के तपाईको मृगौलाले ठिकसँग काम गरिरहेको छ ? : Icon Khabar

काठमाडौँ, जेठ ६ । प्रत्येक मानिसका शरीरमा मेरुदण्डको दुवैतर्फको मध्यभागमा करङको ठीक मुनि दुई वटा सिमी आकारको अंगहरू हुन्छन्। यिनै अंगलाई मिर्गौलाभनिन्छ।

मिर्गौलाले २४ घण्टामा करिब २ सय लिटर रगत छान्ने काम गर्दछ। यस प्रक्रियाबाट रगतमा भएका विकार वस्तु हटाउनुका साथै अत्यधिक पानीलाई पिसाबको माध्यबाट बाहिर निकाली शरीरमा पानीको मात्रामा सन्तुलन कायम गर्दछ।

यही महत्वपूर्ण अंगमा देखिने रोगलाई नै मिर्गौला रोग भनेर चिनिन्छ।

मिर्गौला ठीकसँग काम गरे नगरेको कसरी थाहा पाउने?
– रगतमा युरिन र क्रियाटिन मात्रा हेरेर
– २४ घण्टाको पिसाब जम्मा गरि क्रियाटिन क्लियरेनस पत्ता लगाएर
– रगतमा हेमोग्लोबिन, क्याल्सियम र फस्फोरसको परीक्षण गरेर
– मिर्गौलाको हर्मोन उत्पादन सम्बन्धी जाँच गरेर

मिर्गौला रोगका कारण
– मधुमेह, उच्चरक्तचाप, युरिक एसिड, पिसाब सम्बन्धी संक्रमण, दुःखाइ कम गर्ने औषधिको अधिकतम प्रयोग गर्ने।
– अनावश्यक एन्टीबायोटिकको प्रयोग, पिसाब नलीको बनावटका खराबी, वंशाणुगत रोग, मिर्गौलामा पत्थरी।

मिर्गौला रोगका लक्षण
– थकाइ र कमजोरी महशुस हुनु
– छाला चिलाउनु
– राती बढी पिसाब लाग्नु
– हात गोडा सुन्निनु
– महिनावारी गडबडी
– निदाउन कठिनाइ पर्नु
– आँखा वरीपरी सुन्निनु
– मांसपेशी बाउँडिनु
– कामबासनामा कमी आउनु
– रक्तअल्पता
यी लक्ष्यणहरू अन्य अवस्थामा पनि हुन सक्छन्। यस्ता स्वास्थ्य समस्या भएमा तुरुन्तै परीक्षण गराउनु पर्दछ।

मिर्गौला फेल भएपछिका उपचार विधि
– डायलाइसिस
– मिर्गौला प्रत्यारोपण

मिर्गौला रोगीले अपनाउनु पर्ने सावधानी
– विभिन्न किसिमका रोगबाट बच्ने खोप लगाउने।
– रक्तचाप नियन्त्रण गर्ने।
– रगतमा चिनीको मात्रा नियन्त्रण राख्ने।
– समुचित खानपानमा ध्यान दिने।
– प्रोटिनयुक्त खानेकुरा कम खाने।
– धूमपान तथा मध्यपान नगर्ने
– नियमित रुपमा विज्ञहरूको सल्लाहअनुसार काम गर्ने।
– चिकित्सकको सल्लाहविना औषधि सेवन नगर्ने।
– मधुमेह र उच्च रक्तचापको लागि दिएको औषधि नियमित सेवन गर्ने।

रोकथाम
– प्रत्येक ६ महिनामा एकपटक स्वास्थ्य परिक्षण गराउने।
– अनुशासित जीवन बिताउने।
– सन्तुलित स्वास्थ्य आहार।
– नियमित व्यायाम
– जाँड,रक्सी,चुरोट, बिँडीजस्ता सुर्तिजन्य पदार्थ सेवन नगर्ने।
– विभिन्न रङ तथा केमिकल हालेका खानेकुरा नखाने।

Published Date: 19 May 2024
ताजा
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै
राष्ट्रिय स्वतन्त्र पार्टीको निजामती सेवा सम्बन्धी स्पष्टिकरण


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता