मोबाइल हराउनै नदिने सेफर एटिएम प्रो मोबाइल एप्लिकेशन लन्च

मोबाइल हराउनै नदिने सेफर एटिएम प्रो मोबाइल एप्लिकेशन लन्च : Icon Khabar

काठमाडौँ, जेठ ६ । शनिबार काठमाडौँमा सेफर एटिएम प्रो मोबाइल एप लन्च भएको छ। सेफर इन्कर्पोरेशन प्रालिद्वारा उक्त मोबाइल सुरक्षासंग सम्बन्धित एप लन्च गरेको हो।

आजभोलि विभित्न सफ्टवेर तथा प्रविधि प्रयोग गरि विभिन्न ब्राण्डका मोबाइलहरु उतपादन भएर बजारमा आइरहेको सन्दर्भमा यसको सुरक्षामाथि ठुलो प्रश्न चिन्ह भएको कुरालाई मनन् गर्दै सो कम्पनीले शनिबार काठमाडौँको बिजुलीबजारमा पत्रकार समेल्लनको आयोजना गर्दै उक्त एप लन्च गरेको हो।

सो एपले मोबाइल हराउनु अगाडि हराउन नदिने टेक्नोलोजी र हराइसकेपछि फिर्ता पाउन १००% मद्वत गर्ने कम्पनी ले जनाएको छ। सो एपमा भएको Motion ठेफ्त Sensor, Remote Control र Automatic Alert ले पूर्णरूपमा सहयोग गर्ने कम्पनीका प्रबन्ध निर्देशक सुबास बासुले आइकन खबरलाई जानकारी दिए।

कम्पनीले जारि गरेको विज्ञप्ति अनुसार सो एपका लागि कम्पनीको वेभसाइट atmthubnp.com मा गएर एप्लिकेशन डाउनलोड गरि रू १२७३/- अनलाइन मार्फत भुक्तानी गरि इन्स्टल गर्न सकिनेछ।

यसको लागि अफलाइन मार्फत विभिन्न रिटेलरकोमा गएर Actvation ode जुन Pouch मा उपलब्ध हुन्छ सो किनेर इन्स्टल गरी आफ्नो मोबाइल फोन सुरक्षित राख्न सकिने कुरा कम्पनीले आइकन खबरलाई जानकारी दिएको छ।

उक्त कार्यक्रम रागरागिनी इन्टरटेन्मेन्ट प्रा.लिको आयोजनामा कपिल कसपालले संचालन गरेका थिए ।

Published Date: 19 May 2024


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी