मोबाइल हराउनै नदिने सेफर एटिएम प्रो मोबाइल एप्लिकेशन लन्च

मोबाइल हराउनै नदिने सेफर एटिएम प्रो मोबाइल एप्लिकेशन लन्च : Icon Khabar

काठमाडौँ, जेठ ६ । शनिबार काठमाडौँमा सेफर एटिएम प्रो मोबाइल एप लन्च भएको छ। सेफर इन्कर्पोरेशन प्रालिद्वारा उक्त मोबाइल सुरक्षासंग सम्बन्धित एप लन्च गरेको हो।

आजभोलि विभित्न सफ्टवेर तथा प्रविधि प्रयोग गरि विभिन्न ब्राण्डका मोबाइलहरु उतपादन भएर बजारमा आइरहेको सन्दर्भमा यसको सुरक्षामाथि ठुलो प्रश्न चिन्ह भएको कुरालाई मनन् गर्दै सो कम्पनीले शनिबार काठमाडौँको बिजुलीबजारमा पत्रकार समेल्लनको आयोजना गर्दै उक्त एप लन्च गरेको हो।

सो एपले मोबाइल हराउनु अगाडि हराउन नदिने टेक्नोलोजी र हराइसकेपछि फिर्ता पाउन १००% मद्वत गर्ने कम्पनी ले जनाएको छ। सो एपमा भएको Motion ठेफ्त Sensor, Remote Control र Automatic Alert ले पूर्णरूपमा सहयोग गर्ने कम्पनीका प्रबन्ध निर्देशक सुबास बासुले आइकन खबरलाई जानकारी दिए।

कम्पनीले जारि गरेको विज्ञप्ति अनुसार सो एपका लागि कम्पनीको वेभसाइट atmthubnp.com मा गएर एप्लिकेशन डाउनलोड गरि रू १२७३/- अनलाइन मार्फत भुक्तानी गरि इन्स्टल गर्न सकिनेछ।

यसको लागि अफलाइन मार्फत विभिन्न रिटेलरकोमा गएर Actvation ode जुन Pouch मा उपलब्ध हुन्छ सो किनेर इन्स्टल गरी आफ्नो मोबाइल फोन सुरक्षित राख्न सकिने कुरा कम्पनीले आइकन खबरलाई जानकारी दिएको छ।

उक्त कार्यक्रम रागरागिनी इन्टरटेन्मेन्ट प्रा.लिको आयोजनामा कपिल कसपालले संचालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
1
+1
1
Published Date: 19 May 2024
Website | + posts