भोलि काठमाडौंका विभिन्न स्थानमा विद्युत आपूर्ति अवरुद्ध हुने

भोलि काठमाडौंका विभिन्न स्थानमा विद्युत आपूर्ति अवरुद्ध हुने : Icon Khabar

काठमाडौं, जेठ । बिहीबार (जेठ ३ गते) देखि ४ दिनसम्म काठमाडौंका विभिन्न स्थानमा विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार प्राधिकरणको रत्नपार्क वितरण केन्द्र अन्तरगतका विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि सम्बन्धित फिडर अन्तर्गतका विभिन्न स्थानमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरुद्ध हुने भएको हो ।

प्राधिकरणका अनुसार नयाँ बजार फिडरमा जेठ ३ गते, नयाँ बजार र क्षेत्रपाटी फिडरमा ५ गते, भिमसेनस्थान फिडरमा ६ गते र भिमसेनस्थान र त्रिपुरेश्वर फिडरका स्थानमा जेठ ८ गते विद्युत अवरुद्ध हुनेछ ।

Published Date: 15 May 2024


ताजा
के साँच्चै राति भात खानुले तौल बढाउँछ ?
आज सुनको मूल्य एकै दिन ८ हजार रुपैयाँले बढ्यो
होटल सिराईचुलीले आईपीओ निष्कासन प्रस्तावसहित वार्षिक साधारण सभा बोलायो
नेपालको तराई नजिक मनसुनको न्यून चापीय रेखा, आज देशभर कस्तो रहनेछ मौसम?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु