आदर्श आजादमा गणित विषय सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न

आदर्श आजादमा गणित विषय सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न : Icon Khabar

भक्तपुर, जेठ १ । गणित केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको आयोजना तथा आदर्श आजाद मावि भिमसेनस्थान भक्तपुरको सह आयोजनामा आज “विद्यालय तहमा गणित बिषयको शिक्षण, पाठ्यक्रम तथा अध्यापनको वर्तमान अवस्था” बिषयक कार्यशाला गोष्ठी सम्पन्न भयो ।

कार्यक्रमको गोष्ठीको पहिलो सत्रको उदघाटन गर्दै गणित केन्द्रीय विभाग त्रिवि कीर्तिपुरका प्रमुख प्रा. डा.चेतराज भट्टले गणित विषयप्रति नेपाली समाजको धारणामा सकारात्मक परिवर्तन गराउनुपर्ने कुरा औंल्याए। उनले गणित बिषय अध्यापन, शिक्षण सिकाइ क्रियाकलापहरुमा आउने र आएका समस्या समाधान गर्न विभागले कार्यक्रम नै संचालनमा ल्याएको कुरा बताए ।

कार्यक्रममा विभागका सह प्राध्यापक डा.श्रीराम खड्काले गणित विषय सिकाइमा शिक्षक, विद्यार्थी र अभिभावक को अहम भूमिका हुने भएकोले गणितलाई जनजीवनमा व्यवहारिक रुपमै प्रयोगमा ल्याउनुपर्ने कुरामा जोड दिए ।

विद्यालयका प्र.अ.तथा कार्यक्रमका सभापति श्रीकृष्ण किसीले विद्यालय तहबाट नै गणित विषयप्रति रुचि जगाइ गणित विषयका जनशक्ति उत्पादन गर्ने उद्देश्यले कार्यशाला गोष्ठी आयोजना गरेको बताउदै गणितमा दखल भएको नागरिकहरु धेरै भएको देशले विज्ञान तथा प्रविधिमा छिटो विकास गरेको तथ्य बताए।

सो कार्यशाला गोष्ठीमा स्वागत मन्तव्य दिदैं विद्यालयका सहायक प्र.अ.चक्रबहादुर चाकतुले गणित विषय सम्बन्धि समस्याहरु समाधानमा गणित केन्द्रीय विभागबाट सहकार्य तथा सहयोग हुने अपेक्षा गरे।

गणित तथा विज्ञान अध्यापनरत शिक्षक तथा विद्यार्थीहरु सहभागी सो गोष्ठीमा कार्यक्रम संयोजक डा.विष्णुहरि सुवेदी, प्रा.डा.प्रकाश मुनि बज्राचार्य, डा. पवन श्रेष्ठ र शिक्षक राकेश सुकुपायोले समेत आ-आफ्नो धारणा ब्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
1
+1
0
+1
1
Published Date: 14 May 2024
Website | + posts