आजदेखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदै

आजदेखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदै : Icon Khabar

काठमाडौँ, जेठ १ । जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ।

नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।

हेरफेर अनुसार संगठित संस्थाको शेयरको प्रत्येक खरिद तथा बिक्री कारोबारमा धितोपत्र दलाली वापत लिन पाउने सेवा शुल्क ५० हजार रुपैयाँसम्मको कारोवारमा ०.३६ प्रतिशत कायम गरिएको छ।

त्यस्तै, ५० हजारभन्दा माथि ५ लाखसम्मको कारोबारमा ०.३३ प्रतिशत, ५ लाखदेखि २० लाखसम्मको कारोबारमा ०.३१ प्रतिशत र २० लाखदेखि १ करोडसम्मको कारोबारमा ०.२७ प्रतिशत कमिशन लाग्नेछ। १ करोडभन्दा माथी जतिसुकैको कारोबारमा ०.२४ प्रतिशत कमशिन लाग्नेछ।

लगानीकर्ताले हाल ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४० प्रतिशत, ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत कमिशन तिर्दै आएका छन्।

त्यस्तै, २० लाखदेखि १ करोड रुपैयाँसम्मको कारोबारमा ०.३० प्रतिशत र १ करोड रुपैयाँभन्दा धेरैमा ०.२७ प्रतिशतसम्म कमिशन शुल्क लाग्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 May 2024
Website | + posts




ताजा
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने
७० वर्षभन्दा माथिका जेष्ठ नागरिकले हवाई टिकटमा ५० प्रतिशत छुट पाउने
नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ को नयाँ पोस्टर सार्वजनिक, माघ १६ गतेदेखि प्रदर्शनमा आउने
बक्यौता रकम तिर्न अटेर गरिरहेका उद्योगहरुमा प्राधिकरणले लाइन काट्ने चेतावानी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने