मंगलबार सुनको भाउ तोलामा ७०० रुपैयाँले घट्यो

मंगलबार सुनको भाउ तोलामा ७०० रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, जेठ १ । जेठ १ गते अर्थात मंगलबार सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ७०० रुपैयाँले घटेर १ लाख ३७ हजार ४०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ७५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, सोमबार छापावाल सुन तोलाको १ लाख ३८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ३७ हजार ४५० रुपैयाँ निर्धारण भएको थियो ।

यता, मंगलबार चाँदीको भाउ भने तोलामा २५ रुपैयाँले बढेर १७ सय ४० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १७ सय १५ रुपैयाँ कायम रहेको थियो ।

Published Date: 14 May 2024


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु