मंगलबार सुनको भाउ तोलामा ७०० रुपैयाँले घट्यो

मंगलबार सुनको भाउ तोलामा ७०० रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, जेठ १ । जेठ १ गते अर्थात मंगलबार सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ७०० रुपैयाँले घटेर १ लाख ३७ हजार ४०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ७५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, सोमबार छापावाल सुन तोलाको १ लाख ३८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ३७ हजार ४५० रुपैयाँ निर्धारण भएको थियो ।

यता, मंगलबार चाँदीको भाउ भने तोलामा २५ रुपैयाँले बढेर १७ सय ४० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १७ सय १५ रुपैयाँ कायम रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 May 2024
Website | + posts