आइतबार नेप्से परिसूचक ८.२६ अंकले बढ्यो

आइतबार नेप्से परिसूचक ८.२६ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, वैशाख ३० । आइतबार नेप्से परिसूचक ८.२६ विन्दुले बढेर १९७४.५० अंकमा आएको छ । आज ३ अर्ब १५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ मध्ये १० वटा समूहको सूचक बढेको छ ।

आज ३११ कम्पनीको ७८ लाख ५७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । १० करोड ५० लाख रुपैयाँसहित साँग्रिला डेभलपमेन्ट बैंक अग्रस्थानमा आएको छ ।

यसैगरी, दोश्रो र तेस्रो स्थानमा क्रमशः पोखरा फाइनान्स र सोनापुर मिनरल्स अग्रस्थानमा आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 May 2024
Website | + posts