मधेशमा एमाले नेतृत्वमा नयाँ सरकार बनाउने तयारी, माओवादी, जनमत र लोसपाको साथ

मधेशमा एमाले नेतृत्वमा नयाँ सरकार बनाउने तयारी, माओवादी, जनमत र लोसपाको साथ : Icon Khabar

जनकपुर, वैशाख ३० । मधेश प्रदेशमा सत्ता सहयात्री माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै जसपा नेपालका नेता सरोजकुमार यादव नेतृत्वको सरकार अल्पमतमा परेको छ । यादव नेतृत्वको सरकारको विकल्पमा नयाँ सरकार बनाउने तयारी सुरु भएको छ ।

नयाँ सरकार बनाउन एमाले, माओवादी केन्द्र, जनमत पार्टी र लोसपाले छलफल थालेका छन् । दलहरूबीच जनमतलाई मुख्यमन्त्री दिन अनौपचारिक सहमति भइसकेको छ । त्यसमा संसदको ठूलो दल एमालेले जनमतलाई पहिलो पालो जनमतलाई नेतृत्व दिने र त्यसपछि आफूले नेतृत्व गर्ने गरी सहमति जनाएको छ ।

मधेश प्रदेशमा १०७ सांसद छन् । जसमध्ये लोसपा संसदीय दलका नेता अभिराम शर्मा निलम्बित छन् । उनीबाहेक लोसपाका ८, एमालेका २५, माओवादीका ९ र जनमतका १३ जोड्दा ५५ पुग्छ । तर सरकार बनाउन मात्र ५४ सांसद आवश्यक पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 May 2024
Website | + posts




ताजा
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
बुधबार नेप्से परिसूचक ४५.३६ अंकले घट्यो
चौधरी ग्रुपले शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने