मधेशमा एमाले नेतृत्वमा नयाँ सरकार बनाउने तयारी, माओवादी, जनमत र लोसपाको साथ

मधेशमा एमाले नेतृत्वमा नयाँ सरकार बनाउने तयारी, माओवादी, जनमत र लोसपाको साथ : Icon Khabar

जनकपुर, वैशाख ३० । मधेश प्रदेशमा सत्ता सहयात्री माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै जसपा नेपालका नेता सरोजकुमार यादव नेतृत्वको सरकार अल्पमतमा परेको छ । यादव नेतृत्वको सरकारको विकल्पमा नयाँ सरकार बनाउने तयारी सुरु भएको छ ।

नयाँ सरकार बनाउन एमाले, माओवादी केन्द्र, जनमत पार्टी र लोसपाले छलफल थालेका छन् । दलहरूबीच जनमतलाई मुख्यमन्त्री दिन अनौपचारिक सहमति भइसकेको छ । त्यसमा संसदको ठूलो दल एमालेले जनमतलाई पहिलो पालो जनमतलाई नेतृत्व दिने र त्यसपछि आफूले नेतृत्व गर्ने गरी सहमति जनाएको छ ।

मधेश प्रदेशमा १०७ सांसद छन् । जसमध्ये लोसपा संसदीय दलका नेता अभिराम शर्मा निलम्बित छन् । उनीबाहेक लोसपाका ८, एमालेका २५, माओवादीका ९ र जनमतका १३ जोड्दा ५५ पुग्छ । तर सरकार बनाउन मात्र ५४ सांसद आवश्यक पर्छ ।

Published Date: 12 May 2024


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु