शुभकामना मेरी आमा (कविता)

शुभकामना मेरी आमा (कविता) : Icon Khabar

मेरा हरेक पाइलामा
साथ दिने मेरी आमा
जीवन ज्युने कला
सिकाउने मेरो पहिलो
गुरु मेरी आमा ।

यो सुन्दर धर्तिको
दर्शन गराउने मेरी आमा
ममता र त्यागको प्रतिमुर्ति
हौ मेरी आमा ।

सन्तानका लागि भनि
आफना सारा सुख
त्याग गर्न
सक्ने मेरी आमा

मेरा हर सुखदुखमा
साथ दिने आमा,
मेरा हरेक मुस्किललाई
सहज पार्ने मेरी आमा

जीवनभरि ऋणी छु
म तिम्रो ममताको
तिम्रो न्यानो साथको
अनि आर्शिवादको ।

कुनै पल छैन
हेर तिमीलाई नसम्झेको
तिम्रो मिठो मायाको
त्यो न्यानो छहारीको ।

मेरी प्रिय आमा
तिमीलाई धेरै धेरै
शुभकामना मातातीर्थ औसीको
सुस्वास्थ्य , दीर्घायुको कामना
शुभकामना शुभकामना ।

लेखक: सुनिता गाइसी

 

Published Date: 08 May 2024
ताजा
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पेट्रोलको मूल्य घटेपछि आज काठमाडौं उपत्यकाका अधिकांश पेट्रोलपम्पमा “पेट्रोल छैन”
भक्तपुर नगरमा भुस्याहा कुकुरको आतंक बढ्दो, राति हिँडडुल गर्न स्थानीय त्रसित
बुधबार सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार ३ सय रुपैयाँ निर्धारण


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी