आईपीएलमा राजस्थान दिल्लीसँग पराजित

आईपीएलमा राजस्थान दिल्लीसँग पराजित : Icon Khabar

काठमाडौँ, वैशाख २६ । दिल्ली क्यापिटल्सले राजस्थान रोयल्समाथि जित दर्ता गर्दै इंडियन प्रिमियर लिग (आईपिएल) मा प्लेअफ पुग्ने आशा कायम राखेको छ । राजस्थान माथि २० रनको जित दर्ता गर्दै दिल्लीले प्लेअफ पुग्ने सम्भावना कायम नै राखेको छ ।

दिल्लीले दिएको २ सय २२ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय १ रन मात्र बनाउन सक्यो ।

राजस्थानका लागि कप्तान सञ्जु स्यामसनले ४६ बलमा ८ चौका र ६ छक्का सहित ८६ रन बनाएपनि हार टार्न सकेनन् । राजस्थानका लागि दोस्रो ठूलो स्कोर रियान परागले बनाएको २७ रन रहेको थियो ।

दिल्लीको जितमा खलिल अहमद, मुकेश कुमार र कुलदीप यादवले २-२ विकेट लिए भने अक्षर पटेल र रशिख सलामले १-१ विकेट लिए ।

त्यसअघि घरेलु मैदान अरुण जेट्ली स्टेडियममा टस हारेर ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउँदै २ सय २१ रन जोड्यो । दिल्लीका लागि ओपनर अभिषेक पोरेलले ३६ बलमा ७ चौका र ३ छक्काको मद्दतमा ६५ रन बनाए । अर्का ओपनरले २० बलमा ७ चौका र ३ छक्का प्रहार गर्दै ५० रन जोडे ।

ट्रिस्टन स्टब्सले २० बलमा समान ३ चौका र ३ छक्का सहित ४१ रन बनाए ।

राजस्थानका रविचन्द्रण आश्विनले ३ विकेट लिँदा ट्रेन्ट बोल्ट, सन्दिप शर्मा र युजभेन्द्र चहलले १-१ विकेट लिए ।

जित पछि १२ खेलमा १२ अंक सहित दिल्ली पाँचौं स्थानमा उक्लिएको छ । राजस्थान ११ खेलमा १६ अंक सहित दोस्रो स्थानमा छ । पहिलो स्थानमा रहेको कोलकत्ताको ११ खेलमा १६ अंक नै रहेको छ । तेस्रो स्थानमा आसिन चेन्नाई, चौथो स्थानको हैदराबाद र छैठौं स्थानको लखनऊको समान ११ खेलमा समान १२ अंक नै रहेको छ । – एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 May 2024
Website | + posts




ताजा
जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट अझै ५७०० कैदीबन्दी फरार
जेनजी आन्दोलनमा घाइते ३० जना अझै देशका विभिन्न अस्पतालहरूमा उपचाररत
मंगलबार नेप्से परिसूचक ५८.५५ अंकले घट्यो
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने