आईपीएलमा राजस्थान दिल्लीसँग पराजित

आईपीएलमा राजस्थान दिल्लीसँग पराजित : Icon Khabar

काठमाडौँ, वैशाख २६ । दिल्ली क्यापिटल्सले राजस्थान रोयल्समाथि जित दर्ता गर्दै इंडियन प्रिमियर लिग (आईपिएल) मा प्लेअफ पुग्ने आशा कायम राखेको छ । राजस्थान माथि २० रनको जित दर्ता गर्दै दिल्लीले प्लेअफ पुग्ने सम्भावना कायम नै राखेको छ ।

दिल्लीले दिएको २ सय २२ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय १ रन मात्र बनाउन सक्यो ।

राजस्थानका लागि कप्तान सञ्जु स्यामसनले ४६ बलमा ८ चौका र ६ छक्का सहित ८६ रन बनाएपनि हार टार्न सकेनन् । राजस्थानका लागि दोस्रो ठूलो स्कोर रियान परागले बनाएको २७ रन रहेको थियो ।

दिल्लीको जितमा खलिल अहमद, मुकेश कुमार र कुलदीप यादवले २-२ विकेट लिए भने अक्षर पटेल र रशिख सलामले १-१ विकेट लिए ।

त्यसअघि घरेलु मैदान अरुण जेट्ली स्टेडियममा टस हारेर ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउँदै २ सय २१ रन जोड्यो । दिल्लीका लागि ओपनर अभिषेक पोरेलले ३६ बलमा ७ चौका र ३ छक्काको मद्दतमा ६५ रन बनाए । अर्का ओपनरले २० बलमा ७ चौका र ३ छक्का प्रहार गर्दै ५० रन जोडे ।

ट्रिस्टन स्टब्सले २० बलमा समान ३ चौका र ३ छक्का सहित ४१ रन बनाए ।

राजस्थानका रविचन्द्रण आश्विनले ३ विकेट लिँदा ट्रेन्ट बोल्ट, सन्दिप शर्मा र युजभेन्द्र चहलले १-१ विकेट लिए ।

जित पछि १२ खेलमा १२ अंक सहित दिल्ली पाँचौं स्थानमा उक्लिएको छ । राजस्थान ११ खेलमा १६ अंक सहित दोस्रो स्थानमा छ । पहिलो स्थानमा रहेको कोलकत्ताको ११ खेलमा १६ अंक नै रहेको छ । तेस्रो स्थानमा आसिन चेन्नाई, चौथो स्थानको हैदराबाद र छैठौं स्थानको लखनऊको समान ११ खेलमा समान १२ अंक नै रहेको छ । – एजेन्सी

 

Published Date: 08 May 2024








ताजा
लगातार तेस्रो दिन नेप्सेमा गिरावट, परिसूचक २८०० मुनि झर्‍यो
काठमाडौँको वायु प्रदूषण ‘अति अस्वस्थकर’ तहमा पुग्यो
आज तःदिनका अवसरमा भक्तपुरवासी दुगु पूजा मनाउन व्यस्त
सरकारी विज्ञापन सम्बन्धी निर्णयविरुद्ध भक्तपुरका पत्रकारको आपत्ति, प्रधानमन्त्रीलाई ज्ञापनपत्र








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा