मंगलबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढ्यो

मंगलबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, वैशाख २५ । सुनको भाउ आज तोलामा ८०० रुपैयाँले बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ८०० रुपैयाँले बढेर १ लाख ३६ हजार ४०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ७५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि सोमबार छापावाल सुन १ लाख ३५ हजार ६०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ३४ हजार ९५० रुपैयाँ निर्धारण भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर तोलाको १६ सय ७५ रुपैयाँ कायम भएको छ ।

सोमबार चाँदीको भाउ प्रतितोला १६ सय ६० रुपैयाँ कायम रहेको थियो । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ३३२.५५ डलरमा र चाँदी प्रतिऔंस २७ डलरमा कारोबार भइरहेको छ ।

https://www.nepalipaisa.com/news-detail/69451

Published Date: 07 May 2024


ताजा
के साँच्चै राति भात खानुले तौल बढाउँछ ?
आज सुनको मूल्य एकै दिन ८ हजार रुपैयाँले बढ्यो
होटल सिराईचुलीले आईपीओ निष्कासन प्रस्तावसहित वार्षिक साधारण सभा बोलायो
नेपालको तराई नजिक मनसुनको न्यून चापीय रेखा, आज देशभर कस्तो रहनेछ मौसम?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु