डीभीको नतिजा आज प्रकाशित हुँदै

डीभीको नतिजा आज प्रकाशित हुँदै : Icon Khabar

काठमाडौं, वैशाख २२ ।  अमेरिका जान सन् २०२५ का लागि आवेदन दिइएको डीभी(डाइभर्सिटी भिसा)को नतिजा आज प्रकाशित हुँदैछ।

अमेरिकी सरकारले सन् २०२५ मा इडीभी भिसामार्फत लैजानको लागि सन् २०२३ मा नै आवेदन खुलाएको थियो। जुन आवेदनको नतिजा आज राति ९ बजेपछि नेपालस्थित अमेरिकी दूतावासको साइटमा गएर हेर्न सकिनेछ। नतिजा हेर्न आवेदन दिँदा उपलब्ध गराइएको कन्फर्मेसन नम्बर प्रयोग गर्नुपर्नेछ।

छनोट हुन सफल आवेदकहरूलाई त्यसपछिको प्रकृयाको बारेमा जानकारी उक्त साइटमा नै उपलब्ध छ। दूतावास या अमेरिकी सरकारका अन्य कुनै निकायले तपाईंलाई डिभी कार्यक्रममा छनोट भएको भन्ने व्यहोराको इमेल पठाउँदैनन्।

नेपालीले प्रत्येक वर्ष ईडीभी ५ देखि ७ लाखको संख्यामा भर्ने गरेको ट्राभल स्टेटको तथ्याङ्कले देखाएको छ। यसपटक पनि करिव ७ लाखको हाराहारीमा इडीभी भरेका छन्। जसमध्ये नेपाली भाग्यशाली ३ देखि ४ हजार जनलाई इडीभी पर्ने देखिन्छ।

यसपटक कुल आवेदनको ०.६ प्रतिशत मात्र इडीभी पर्ने चान्स छ। अर्थात् १ सय ५८ जनाले ईडीभी भरेका छन् भने १ जनालाई मात्र पर्ने चान्स हुन्छ। इडीभी परेपछि अमेरिकाले भिसा दिन्छ भन्ने ग्यारेन्टी हुँदैन।

विश्वका विभिन्न देशका नागरीकको रोजाईमा पर्न सफल अमेरिका नेपालबाट पनि इडीभी मार्फत अमेरिका जानेहरूको संख्या बढ्दो छ। प्रत्येक वर्ष अमेरिकन सरकार इडीभी भिसामार्फत एशियाली देशबाट हजारौं संख्यामा अमेरिका लैजाने गर्छ। यद्यपि एशियाली राष्ट्रका केही देशहरूले भने इडीभी भर्न पाउँदैनन्।

चीन, भारत, बंगलादेश, फिलिपिन्स, दक्षिण कोरिया लगायतका देशले इडीभी भर्नका लागि स्वीकृति दिइएको छैन। उक्त अमेरिकन इडीभी विश्वभरबाट प्रत्येक वर्ष ५० देखि ५५ हजार मान्छेलाई पर्ने गरेको तथ्याङ्कले देखाउँछ।

डीभी भिसामार्फत अमेरिका पुगेको केही समयपछि ग्रीन कार्ड पाउने भएकाले पनि यसमा आवदेन दिनेको संख्या उच्च हुन्छ। नेपालमा इडीभी सन् २००७ देखि भर्न सुरु गरिएको हो।

Published Date: 04 May 2024


ताजा
जीवनोपयोगी शिक्षाको उज्यालो बाटो: अक्सफोर्ड प्राक्टिकल इंग्लिश स्कुलको प्रेरणादायी यात्रा
आईपीएल: सञ्जु सामसनको विष्फोटक ब्याटिङ, दिल्लीमाथि चेन्नईको ८ विकेटको शानदार जित
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
समयसँग जुध्दै, सपनालाई आकार दिँदै: मनोरम बोर्डिङ्ग स्कुलको प्रेरणादायी यात्रा
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न