भक्तपुरको देकोचामा अरनिको सभाभवनको शिलान्यास

भक्तपुरको देकोचामा अरनिको सभाभवनको शिलान्यास : Icon Khabar

भक्तपुर, वैशाख २१ । भक्तपुरको देकोचामा आज बिहान अरनिको सभाभवनको शिलान्यास भएको छ। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले उक्त सभाभवनको शिलान्यास गरेका हुन्।

अध्यक्ष बिजुक्छेँले मानव सभ्यताको इतिहास र विकासक्रम अध्ययनको लागि भवन शिलान्यासको क्रममा राखिएका सामाग्रीहरुले महत्वपूर्ण तथ्यको रुपमा भूमिका खेल्ने बताउँदै जगलाई बलियो बनाउन सके त्यसमा निर्माण हुने भवन स्वतः बलियो हुने विचार व्यक्त गरे। सुविधासम्पन्न अरनिको सभाभवनको निर्माण गर्ने उद्देश्यले भक्तपुर नपाले देकोचामा जग्गा अधिग्रहण गरेको बताउँदै स्थानीय निकाय भंग हुँदा देश कयौं वर्ष पछाडि धकेलिएको उनले बताए।

भक्तपुर नपा वडा नं. ६ देकोचामा निर्माण भइरेको अरनिको सभाभवनको वास्तुकला र संरचनाको डिजाइन भक्तपुर नपाबाट सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङले गरेको थियो भने सभाभवनको मुख्य अडिटोरियम (मुख्य हल) ११०० जनाको क्षमताको रहेको छ ।

सभाभवनमा बहुउद्देश्यीय हल १२८ जना, श्रव्य दृश्य ९६ जना, ४ वटा रिहर्सल कक्ष रहनेछ । सभाभवनको प्रदर्शनी कक्ष १०६२.९९ व.मि., बेसमेन्ट पार्किङ ४६ गाडी र २३१ मोटरसाइकल अट्ने क्षमताको रहेको छ भने खुल्ला थियटर ६०० जनाको क्षमताको रहेको छ ।

सभाभवनको प्लिन्थ एरिया ३२०१ व.मि रहेको छ भने फोहरासहितको बगैंचाको व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 May 2024
Website | + posts