आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोलीको घोषणा

आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोलीको घोषणा : Icon Khabar

काठमाडौं, वैशाख २० । नेपालले आगामी महिना अमेरिका र वेष्ट इण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोलीको घोषणा गरेको छ ।

बुधवार नेपाल क्रिकेट संघ (क्यान) ले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीमा तिव्र गतिका अनुभवी बलर सोमपाल कामी र करन केसी तथा कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी लगायतले स्थान पाएका छन् ।

विवेक यादव टोलीमा परेका छैनन् भने प्रतिश जिसी, सन्दीप जोरा र अनिल साहले टोलीमा स्थान पाएका छन् । आरिफ शेख, विनोद भण्डारी र लोकेश बम भने टोलीमा छैनन् ।

नेपाल प्रतियोगिताको समूह डी मा नेदरल्याण्ड र अन्य तीन टेष्ट खेल्ने राष्ट्र बंगलादेश, श्रीलंका र दक्षिण अफ्रिकासँगै छ । उनीहरुले जुन ४ मा नेदरल्याण्ड्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछन् ।

नेपालले दश वर्षपछि टी–२० विश्वकप खेल्ने भएको छ । यो विश्वकपमा नेपालको दोस्रो सहभागिता हो ।

Published Date: 02 May 2024


ताजा
खुर्कोट-भकुन्डेबेसी सडकखण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन चलाउन रोक
सरकारद्वारा पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिने अवस्था नरहेको स्पष्ट
सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा ८ वटै अध्यादेश जारी
अहिले दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै










ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
समयसँग जुध्दै, सपनालाई आकार दिँदै: मनोरम बोर्डिङ्ग स्कुलको प्रेरणादायी यात्रा
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न