ललितपुरको आनन्द वनमा डढेलो, नजिकै रहेको कुष्ठरोग अस्पतालका बिरामी अन्तै सारियो

ललितपुरको आनन्द वनमा डढेलो, नजिकै रहेको कुष्ठरोग अस्पतालका बिरामी अन्तै सारियो : Icon Khabar

ललितपुर, वैशाख १८ । ललितपुरको गोदावरी नगरपालिका–६ स्थित आनन्द वनमा लागेको डढेलो फैलिएपछि त्यहाँ नजिकै रहेको कुष्ठरोग अस्पतालका बिरामी अन्यत्र सारिएको छ ।

डढेलो फैलिएपछि अस्पताल पनि जोखिममा परेकाले त्यहाँ रहेका ९३ जना बिरामी सारिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

अहिले ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी शेखर खनाललगायत सुरक्षा अधिकारी अस्पतालमा पुगेका छन् ।

आगो नियन्त्रणका लागि सेना, सशस्त्र, नेपाल प्रहरी, अग्नि नियन्त्रकसहितको टोली परिचालन गरिएको छ ।

लेलेतर्फको जंगलको डढेलो फैलिँदै आनन्द वनसम्म आइपुगेको हो । आनन्द वन अस्पतालको करिब ७ सय मिटर नजिकै डढेलो आइपुगेको प्रहरीले जनाएको छ । आनन्द वन अस्पतालमा कुष्ठरोगीहरुको उपचार हुने गर्दछ ।

Published Date: 30 April 2024


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग