ओमोडा बन्यो युरोपमा नै उत्पादन गर्ने पहिलो चिनियाँ अटो कम्पनि

ओमोडा बन्यो युरोपमा नै उत्पादन गर्ने पहिलो चिनियाँ अटो कम्पनि : Icon Khabar

काठमाडौं, वैशाख १८ । अग्रणी विद्युतीय सवारी निर्माता OMODA, युरोपमा नै गाडी उत्पादन गर्ने पहिलो चिनियाँ अटो कम्पनि बनेको छ । अटोमोटिभ उद्योगमा वातावरणमैत्री रूपान्तरणको लहरको बीचमा, OMODA ले आफ्नो विश्वव्यापी विस्तारलाई फराकिलो बनाउँदै आफ्नो अत्याधुनिक सक्षमता प्रदर्शन गरेको छ भने विश्वव्यापी धेरै नेताहरूलाई विद्युतीय भविष्यतर्फ अघि बढ्न आकर्षित र विश्वस्त गरेको छ।

गत १९ अप्रिल २०२४ मा, स्पेनमा आयोजित उद्घाटन समारोहमा, स्पेनका राष्ट्रपति श्री ‘पेड्रो सान्चेज पेरेज-कास्टेजन’को प्रत्यक्ष्य उपस्थिति सहित अन्य युरोपेली प्रभावशाली नेताहरूको उपस्थितिमा OMODA को पहिलो युरोपेली फ्याक्ट्रि प्लान(योजना) सार्वजनिक गरिएको थियो ।

यसअघि फेब्रुअरी २०२४ मा स्पेनको म्याड्रिडमा आयोजित समारोहमा OMODA को पहिलो ‘अल-इलेक्ट्रिक क्रसओभर एसयुभि OMODA E5 को स्पेनिस बजारमा सार्वजनिक गरिए सँगै OMODA युरोपको बजारमा प्रवेश गर्ने ‘चेरी ग्रुप’को पहिलो ब्रान्ड बनेको थियो ।

नेपालमा गत फेब्रुअरीमा सार्वजनिक गरिए देखि OMODA E5 ले अत्याधुनिक इलेक्ट्रिक टेक्नोलोजि, दक्ष र इन्टिलिजेन्ट पर्फमेन्स र फ्युचरिस्टिक डिजाइन स्टाइलका लागि विश्व र नेपाली बजारबाट उच्च प्रशंसा पाइरहेको छ।

एसपिजि अटोमोबाइल्स प्राइभेट लिमिटेडको बारेमा: एसपिजि अटोमोबाइल्स प्रा.लि. नेपालमा ओमोडा एण्ड जेइको अटोमोबाइल कम्पनी लिमिटेडको आधिकारिक वितरक हो ।

Published Date: 30 April 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड