ओमोडा बन्यो युरोपमा नै उत्पादन गर्ने पहिलो चिनियाँ अटो कम्पनि

ओमोडा बन्यो युरोपमा नै उत्पादन गर्ने पहिलो चिनियाँ अटो कम्पनि : Icon Khabar

काठमाडौं, वैशाख १८ । अग्रणी विद्युतीय सवारी निर्माता OMODA, युरोपमा नै गाडी उत्पादन गर्ने पहिलो चिनियाँ अटो कम्पनि बनेको छ । अटोमोटिभ उद्योगमा वातावरणमैत्री रूपान्तरणको लहरको बीचमा, OMODA ले आफ्नो विश्वव्यापी विस्तारलाई फराकिलो बनाउँदै आफ्नो अत्याधुनिक सक्षमता प्रदर्शन गरेको छ भने विश्वव्यापी धेरै नेताहरूलाई विद्युतीय भविष्यतर्फ अघि बढ्न आकर्षित र विश्वस्त गरेको छ।

गत १९ अप्रिल २०२४ मा, स्पेनमा आयोजित उद्घाटन समारोहमा, स्पेनका राष्ट्रपति श्री ‘पेड्रो सान्चेज पेरेज-कास्टेजन’को प्रत्यक्ष्य उपस्थिति सहित अन्य युरोपेली प्रभावशाली नेताहरूको उपस्थितिमा OMODA को पहिलो युरोपेली फ्याक्ट्रि प्लान(योजना) सार्वजनिक गरिएको थियो ।

यसअघि फेब्रुअरी २०२४ मा स्पेनको म्याड्रिडमा आयोजित समारोहमा OMODA को पहिलो ‘अल-इलेक्ट्रिक क्रसओभर एसयुभि OMODA E5 को स्पेनिस बजारमा सार्वजनिक गरिए सँगै OMODA युरोपको बजारमा प्रवेश गर्ने ‘चेरी ग्रुप’को पहिलो ब्रान्ड बनेको थियो ।

नेपालमा गत फेब्रुअरीमा सार्वजनिक गरिए देखि OMODA E5 ले अत्याधुनिक इलेक्ट्रिक टेक्नोलोजि, दक्ष र इन्टिलिजेन्ट पर्फमेन्स र फ्युचरिस्टिक डिजाइन स्टाइलका लागि विश्व र नेपाली बजारबाट उच्च प्रशंसा पाइरहेको छ।

एसपिजि अटोमोबाइल्स प्राइभेट लिमिटेडको बारेमा: एसपिजि अटोमोबाइल्स प्रा.लि. नेपालमा ओमोडा एण्ड जेइको अटोमोबाइल कम्पनी लिमिटेडको आधिकारिक वितरक हो ।

Published Date: 30 April 2024


ताजा
बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर
आज बिहीबारको राशिफल
मन्त्री र मुख्यसचिवसँग प्रधानमन्त्रीको कार्यसम्पादन सम्झौता


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली