सभामुख घिमिरे र समितिका सभापतिहरू बीच आगामी संसद् अधिवेशन प्रभावकारी बनाउने बारे छलफल

सभामुख घिमिरे र समितिका सभापतिहरू बीच आगामी संसद् अधिवेशन प्रभावकारी बनाउने बारे छलफल : Icon Khabar

काठमाडौँ, वैशाख १८ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, संसदीय समितिका सभापतिहरू, राजनीतिक दलका प्रमुख सचेतक, मुख्य सचेतक र सचेतकहरुबीच समितिमा विचाराधिन विधेयकहरू छिटो टुङ्गोमा पुर्‍याउने, आगामी संसद् अधिवेशन प्रभावकारी बनाउने लगायतका विषयमा छलफल भएको छ ।

संघीय संसद् सचिवालय, सिंहदरबारमा आज भएको बैठकमा समितिमा विचाराधीन विधेयकहरूमाथि भइरहेको छलफल, समितिका बैठकहरू र समितिबाट विधेयकहरू पास गरी प्रतिवेदनहरू आउने क्रम लगाएतका विषयमा छलफल भएको सभामुख देवराज घिमिरेले बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी गराए।

सभामुख घिमिरेले समितिमा छलफल भएर नटुङ्गिएका विधेयक संसद्को आगामी अधिवेशन आव्हान हुनुभन्दा अगाडी नै छिटो समिति र उपसमितिहरूको बैठक बसेर गति दिने र टुङ्ग्याउने विषयमा बैठक निष्कर्षमा पुगेको जानकारी गराए।

यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले संभवत यही वैशाख २५ वा २६ गते संसद्को बैठक आव्हान हुने र आउने अधिवेशनमा समितिमा रहेका विधेयकहरू छिटो भन्दा छिटो टुङ्ग्याएर संसदबाट अगाडी बढाउने गरी काम भइरहेको बताए।

कानुन मन्त्री गिरीले संविधान र समयानुकूल थुप्रै कानुन बनाउन आवश्यक रहेको भन्दै आउने अधिवेशनले विधेयकहरूलाई संसदबाट पास गर्ने विषयमा उल्लेखनीय प्रगति हासिल गर्ने बताए।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र अर्थ समितिका सभापति सन्तोष चालिसेले समितिका कामकारवाहीहरूलाई प्रभावकारी बनाउने, समितिमा कोरम नपुग्ने समस्याको समाधान गर्ने, विधेयकमाथिको छलफल प्रभावकारी बनाएर टुङ्गोमा पुर्‍याउने र समितिका सभापतिहरूले खेल्ने भूमिका लगायतका विषयमा छलफल भएको जानकारी गराए।

Published Date: 30 April 2024


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी