अब नेपालीहरुलाई चीन जाँदा भिसा शुल्क नलाग्ने

अब नेपालीहरुलाई चीन जाँदा भिसा शुल्क नलाग्ने : Icon Khabar

काठमाडौं, वैशाख १६ । अब नेपालीहरुलाई चीन जाँदा भिसा शुल्क नलाग्ने भएको छ ।

चीनले आगामी मे १ देखि नेपाली नागरिकलाई नियमित भिसा निःशुल्क दिन लागेको हो । चिनियाँ दूतावासले आइतबार बिहान एक सूचना जारी गर्दै नियमितर्फको भिसा शुल्क तिर्नुनपर्ने जनाएको हो ।

यता, एक्सप्रेस–२ र एक्प्रेस–१ भिसाका लागि भने क्रमशः २ हजार ७ सय र ४ हजार रुपैयाँ तिर्नुपर्नेछ । त्यस्तै समूहतर्फ एक्सप्रेस–२ र एक्प्रेस–१ भिसा क्रमशः १ हजार ३ सय ५० र २ हजार रुपैयाँ तिर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 April 2024
Website | + posts