गर्मीमा शरीरलाई राहत दिने सातु

गर्मीमा शरीरलाई राहत दिने सातु : Icon Khabar

काठमाडौँ, वैशाख १६ । सातु खाने प्रचलन निकै पुरानो मानिन्छ। परापूर्व कालदेखि सातु खाने चलन थियो। पहाड, तराई या हिमालमा समेत यसको महत्व आ-आफ्नै छ। ठाउँअनुसार सातु पनि फरक-फरक तरिकाले तयार गर्ने प्रचलन छ। सातु आफैँमा एक सर्वोत्तम भोजन मानिन्छ । बालकदेखि बुढाबुढी सबैलाइ स्वास्थ्यबर्द्धक सातुका गुणकारी भोजन हो।

गर्मी मौसमा त झन् सातु सर्वत अम्रित सरह नै हुन्छ। ग्रामीण भेगमा त सातु सर्वतको छुट्टै महत्व छ। गाउँगाउँमा कोल्ड ड्रिङ्सले सातु सर्वतलाइ बिस्थापित गर्दै लगेता पनि पछिल्लो समय आर्गानिक परिकारको खोजी गर्दै आफ्ना मौलिक परिकार नै उत्तम सावित भएका छन्। बजारिया पेय पदार्थ गाउ गाउमा फिजिएपछि सातु सर्वत लोप हुने स्थितिमा पुगेको थियो।

समयसँगै नेपाली रैथाने परिकार र पेय पदार्थको खोज र अनुसन्धान हुँदै गयो । आफ्नै गाउँघरका मौलिक र लोक परिकार स्वास्थ्यबर्द्धक र उपयोगी सावित भएका छन। सातुको महत्व बुझ्दै गर्दा धेरैले व्यवसायिका रुपमा सातु उत्पादन गर्न थालेका छन्। अहिले बजारमा थरिथरिका ब्राण्डमा सातु उपलब्ध छन्। मौलिक सातु उत्पादन गर्ने दर्जनौं संस्थाहरु बजारमा प्रतिपर्धा गरिरहेका छन्।

सातुको महत्व आयुर्वेदमा समेत प्रष्ट परिएको छ। सवैभन्दा स्वस्थकर भनेको परम्परागत रुपमा बनाइने सातु नै हो। जुन माटोको हाँडीमा ग्रेन्स भुटेर ढुंगाको जाँतोमा पिसिन्थ्यो र ताजा–ताजा खाने गरिन्थ्यो। अहिले व्यवसायिक रुपमा बनाइने सातु धेरै दिन बजारमा रहने हुँदा यसको आयुमा धेरै कमी आएको हुन्छ। बोराका बोरा मेसिनमा पिसिने हुँदा बजारको सातुमा फाइबर पनि कमै पाइन्छ।

सातु लामो यात्रामा हिँड्दा वा कामकाजमा सधैं ब्यस्त हुनेहरुले नियमित रुपमा सेवन गर्ने परमपरा रहेको छ। उच्च पोषक तत्व पाइने हुँदा सातु धेरैको साथी बनेको हुन्छ। पानी, दूध या दही मही जेसङ्ग खाँदा पनि स्वादिष्ट र पोषणपूर्ण हुने हुँदा पनि सातु पछिल्लो समय लोकप्रिय छ। छिटो, मिठो र सहज उपलब्ध हुने हुँदा यो मौलिक परिकार दिनानु दिन माग बढेर गएको छ।

किन खाने सातु सर्वत ?

सातु सर्वत पिउनु मानव स्वास्थ्यका लागि हितकारी मानिन्छ। गर्मी मौसममा यसले सितलता प्रदान गर्छ। प्राय सवै मौसममा सहज र सस्तोमा पाइने हुनाले सबैको पहुँच हुन्छ। कुनै समय सातु र सातुबाट बन्ने परिकार गरिबको परिकार भनेर चिनिन्थ्यो तर अहिले ठूला-ठूला सुपरमार्केटमा ब्राण्ड-ब्राण्डमा पाइन्छ । शहरमा पनि यसलाइ धेरैले रुचाएका छन्।

सातुको सर्वत मात्र होइन, बिभिन्न मिठाइ, लड्डु र लिटो समेत बनाएर खुवाउने गरिन्छ। फरक-फरक स्वादका ताजा या क्यानका जुसमा पनि सातु मिसाएर पिउने चलन छ। सातु सर्वतले कब्जियत हटाउन सहयोग गर्छ। पाचन प्रणालीलाई तन्दरुस्त राख्न मद्दत गर्दछ। मोटोपन घटाउन र रक्तचाप निय्स्न्त्रणमा राख्न पनि सातु सर्वतको राम्रो भूमिका रहन्छ।

शरिरमा रहेको अनावश्यक बिकार(टक्सिन) निस्कासन गर्न पनि सातु सर्वतले राम्रो भुमिका खेलेको हुन्छ। बिहानको खाली पेटमा सातु सर्वत सेवन गरेर ब्यायाम या काममा निस्कदा तत्काल शक्ति प्रदान हुन्छ। जौको सातु सर्वत त झन् मस्तिष्कका लागि अमृत सरह नै मानिएको छ। जिम गर्नेहरुका लागि ऊर्जा दिन पनि सातु सर्वत उपयोगी मानिन्छ।

सातुले दिने पोषण आधुनिक तयारी प्याकेटका परिकारले दिन नसक्ने बिज्ञहरुको भनाइ छ। चाउचाउ, पाउरोटि, बिस्कुट्, दालमोठ, भुजा जस्ता परिकारले सातुको महत्व घटेता पनि पछिल्लो समय मौलिक खानाको महत्व भुझ्नेहरुले सातुको यसको प्रयोग बढेको छ ।

बालबालिका, वृद्ध, वयस्क, गर्भवती, खेलाडी र ब्यायाम गर्नेहरुका लागि सातुका फरक फरक प्याकमा पाइने हुँदा सबैको आ-आफ्नै महत्व र फरक स्वाद हुन्छ । कुनै पनि कृत्रिम नमिसाइ बनाइने यस्ता सातुको सर्वत बनाउदा स्वास्थ्यका लागी गुण्कारी साबित भएका छन्।

Published Date: 28 April 2024


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी