इलाम २ मा कांग्रेसले लियाे अग्रता, रास्वपा चाैथाे

इलाम २ मा कांग्रेसले लियाे अग्रता, रास्वपा चाैथाे : Icon Khabar

इलाम, वैशाख १६ । इलाम क्षेत्र नं २ मा शनिबार सम्पन्न भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

इलाम नगरपालिका–७ स्थित गौतमबुद्ध सभागृहमा फाकफोकथुम–१ नम्बर वडाको मत गन्दा कांग्रेसका उम्मेदवार डम्बर खड्काले ६५७ मतका साथ अग्रता बनाएका हुन् ।

यस्तै, एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ५३४ मत पाउँदा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बूले १८७ मत तथा रास्वपाका उम्मेदवार मिलन योङहाङ लिम्बूले ११५ मत पाएका छन् ।

उपनिर्वाचनमा ५९ दशमलव ७९ प्रतिशत मत खसेको थियो । शनिबार बिहान ७ साँझ ५ बजेसम्म भएको मतदानमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ३५ हजार एक सय ३५ पुरुष, ३४ हजार एक सय ५० महिला र दुई अन्यले मतदान गरेका छन् । विसं २०७९ मङ्सिर ४ को प्रतिनिधिसभा निर्वाचनमा इलाम–२ बाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको हो ।

Published Date: 28 April 2024


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु