आज आइतबारको राशिफल

आज आइतबारको राशिफल : Icon Khabar

काठमाडौं, वैशाख १६ । आज २०८१ वैशाख १६ गते आइतबार, तद्अनुसार २८ अप्रिल २०२४ । आज वैशाख कृष्ण पक्ष चतुर्थी विहान ८ः३७ बजेसम्म तत्पश्चात पञ्चमी तिथी, मुल नक्षत्र, शिव योग, चन्द्र राशि धनु, सूर्योदय बिहान ०५ः२८ बजे, सूर्यास्त साँझ ०६ः३६ बजे ।

आजको राशिफल

मेष: व्यापार–व्यवसायबाट ठूलो लाभ मिल्ने छ । आम्दानीमा वृद्धि हुनेछ । परीक्षा अथवा अन्तर्वार्तामा सफलता प्राप्त हुनेछ ।

वृष: यात्रा मनोरञ्जक रहने छ । कुनै मांगलिक कार्यक्रममा भाग लिने अवसर प्राप्त हुनेछ । विद्यार्थी वर्गले सफलता प्राप्त गर्नेछन् ।

मिथुन: व्यर्थको भागदौड़ हुनेछ । विवादबाट क्लेश हुनेछ । काममा मन लाग्ने छैन ।

कर्कट: बहुमूल्य वस्तुहरु सम्हालेर राख्नु होला । शारीरिक कष्टको सम्भावना छ । आर्थिक उन्नतिको प्रयास सफल रहने छ ।

सिंह: शत्रु शान्त रहने छन् । बोलीमा नियन्त्रण राख्नु होला । टाढाबाट शुभ समाचार प्राप्त हुनेछ ।

कन्या: भाग्योन्नतिको प्रयास सफल रहने छ । रोजगार प्राप्ति सहज हुनेछ । व्यावसायिक यात्राबाट लाभ हुनेछ ।

तुला: अप्रत्याशित खर्च बढ्ने छ । बोलीमा नियन्त्रण राख्नु होला । ऐश्वर्यमा खर्च हुनेछ ।

वृश्चिक: शुभ समाचार प्राप्त हुनेछ । व्यावसायिक यात्रा लाभदायक रहने छ । मान–सम्मान पाइने छ ।

धनु: आराम गर्ने समय पाइने छ । नयाँ योजना बन्ने छ । सामाजिक कार्य गर्ने प्रेरणा पाइने छ ।

मकर: यात्राबाट लाभ पाइने छ । हतार अथवा विवाद गर्नबाट बच्नु होला । पूजा–पाठमा मन लाग्ने छ ।

कुम्भ: शारीरिक शिथिलता रहने छ । काममा मन लाग्ने छैन । आफ्नै मान्छेको व्यवहार प्रतिकुल रहने छ ।

मीन: विवेक पुर्याएर कार्य गर्नु होला । वरिष्ठ व्यक्तिको मार्गदर्शन प्राप्त हुनेछ । धनार्जन हुनेछ ।

Published Date: 28 April 2024






ताजा
सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो
बिस्का जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न भक्तपुरमा स्वीप अपरेसन चलाएर ९० जना बढी पक्राउ
दुई दिनको बिदामा अनावश्यक घुमफिर नगर्न आग्रह
अब सार्वजनिक बिदाको दिनमा पनि हुलाकमार्फत कुरियर सेवा पाइने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता