आज आइतबारको राशिफल

आज आइतबारको राशिफल : Icon Khabar

काठमाडौं, वैशाख १६ । आज २०८१ वैशाख १६ गते आइतबार, तद्अनुसार २८ अप्रिल २०२४ । आज वैशाख कृष्ण पक्ष चतुर्थी विहान ८ः३७ बजेसम्म तत्पश्चात पञ्चमी तिथी, मुल नक्षत्र, शिव योग, चन्द्र राशि धनु, सूर्योदय बिहान ०५ः२८ बजे, सूर्यास्त साँझ ०६ः३६ बजे ।

आजको राशिफल

मेष: व्यापार–व्यवसायबाट ठूलो लाभ मिल्ने छ । आम्दानीमा वृद्धि हुनेछ । परीक्षा अथवा अन्तर्वार्तामा सफलता प्राप्त हुनेछ ।

वृष: यात्रा मनोरञ्जक रहने छ । कुनै मांगलिक कार्यक्रममा भाग लिने अवसर प्राप्त हुनेछ । विद्यार्थी वर्गले सफलता प्राप्त गर्नेछन् ।

मिथुन: व्यर्थको भागदौड़ हुनेछ । विवादबाट क्लेश हुनेछ । काममा मन लाग्ने छैन ।

कर्कट: बहुमूल्य वस्तुहरु सम्हालेर राख्नु होला । शारीरिक कष्टको सम्भावना छ । आर्थिक उन्नतिको प्रयास सफल रहने छ ।

सिंह: शत्रु शान्त रहने छन् । बोलीमा नियन्त्रण राख्नु होला । टाढाबाट शुभ समाचार प्राप्त हुनेछ ।

कन्या: भाग्योन्नतिको प्रयास सफल रहने छ । रोजगार प्राप्ति सहज हुनेछ । व्यावसायिक यात्राबाट लाभ हुनेछ ।

तुला: अप्रत्याशित खर्च बढ्ने छ । बोलीमा नियन्त्रण राख्नु होला । ऐश्वर्यमा खर्च हुनेछ ।

वृश्चिक: शुभ समाचार प्राप्त हुनेछ । व्यावसायिक यात्रा लाभदायक रहने छ । मान–सम्मान पाइने छ ।

धनु: आराम गर्ने समय पाइने छ । नयाँ योजना बन्ने छ । सामाजिक कार्य गर्ने प्रेरणा पाइने छ ।

मकर: यात्राबाट लाभ पाइने छ । हतार अथवा विवाद गर्नबाट बच्नु होला । पूजा–पाठमा मन लाग्ने छ ।

कुम्भ: शारीरिक शिथिलता रहने छ । काममा मन लाग्ने छैन । आफ्नै मान्छेको व्यवहार प्रतिकुल रहने छ ।

मीन: विवेक पुर्याएर कार्य गर्नु होला । वरिष्ठ व्यक्तिको मार्गदर्शन प्राप्त हुनेछ । धनार्जन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 April 2024
Website | + posts