सुनको मूल्यमा वृद्धि, चाँदीको भने घट्यो

सुनको मूल्यमा वृद्धि, चाँदीको भने घट्यो : Icon Khabar

काठमाडौं, वैशाख १६ । आईतबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य १५ रुपैयाँले सस्तिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ३७ हजार ६०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ३७ हजार २०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार थियो ।

आज चाँदीको मूल्य घटेको छ । चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ६६० रुपैयाँमा किनबेच भईरहेको छ । शुक्रबार एक हजार ६७५ रुपैयाँ किनबेच भएको थियो ।

Published Date: 28 April 2024


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु