नेपालमा टिभिएस अपाचे आरटीआर १६० मोटरसाइकल सार्वजनिक

नेपालमा टिभिएस अपाचे आरटीआर १६० मोटरसाइकल सार्वजनिक : Icon Khabar

काठमाडौं, बैशाख १२ । विश्वव्यापी रूपमा टू–ह्विलर तथा थ्री–ह्विलरको ख्यातिप्राप्त निर्माता टिभिएस मोटर कम्पनीले २०२४ टिभिएस अपाचे आरटीआर १६० मोटरसाइकल नेपालमा सार्वजनिक गरेको छ ।

नेपालमा आफ्ना ग्राहकहरुका लागि थुप्रै उत्पादनहरु प्रदान गर्दै आएको टिभिएसको अपाचे सिरिज, मोटरसाइकल उत्साहीहरु माझ लोकप्रिय ब्रान्ड समेत रहेको छ ।

नयाँ २०२४ टिभिएस अपाचे आरटीआर १६० स्ट्राइकिङ स्टाइल एलिमेन्टहरू र रेसिङ डिएनए अनुरूप नयाँ आकर्षक ग्राफिक्सको साथ अपडेट गरिएको छ । यसको न्यु–जेन इन्जिनले बेस्ट–इन–क्लास पावर प्रदान गर्दछ भने राइडरहरूको लागि अझ राम्रो प्रदर्शन र माइलेज सुनिश्चित गर्दछ।

टिभिएस अपाचे आरटीआर १६०मा २ किलोग्रामको तौल घटाउनुका साथै पावर बृद्धि भएको कारणले सहज सवारी अनुभवको लागि पावर–टु–वेट रेसिओमा वृद्धि ल्याएको छ ।

२००५ मा पहिलो पटक लन्च गरिएको टिभिएस अपाचे, ६० भन्दा बढी देशहरूमा बलियो उपस्थितिको साथ संसारभरि सबैभन्दा छोटो समयमा प्रख्यात स्पोर्ट्स ब्रान्ड भएको छ ।

Published Date: 24 April 2024


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु