फिलिपिन्समा अत्यधिक गर्मीका कारण छ जनाको मृत्यु

फिलिपिन्समा अत्यधिक गर्मीका कारण छ जनाको मृत्यु : Icon Khabar

काठमाडौँ, वैशाख १२ । फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८ को अवधिसम्ममा छ जनाको मृत्युसहित गर्मीसम्बन्धी रोगका कारण कम्तीमा ३४ वटा घटना प्राप्त भएको जनाएको छ ।

मृत्युको कारण भने स्पष्टरूपमा अझै पुष्टि हुन बाँकी रहेको डिओएचका सहायक सचिव अल्बर्ट डोमिङ्गोले बताउनुभयो ।

गर्मीसम्बन्धी ३४ वटा घटनामध्ये फिलिपिन्सको केन्द्रीय भिसायास क्षेत्र, उत्तरी फिलिपिन्सको इलोकोस क्षेत्र र दक्षिणी फिलिपिन्सको सोक्सस्कार्गेन क्षेत्रबाट रिपोर्ट गरिएको थियो ।

राज्य मौसम ब्युरोले गर्मी सूचकाङ्क ४२ डिग्री सेल्सियसभन्दा बढी खतराको स्तरमा पुग्ने चेतावनी दिएपछि मेट्रो मनिलासहित पाँच क्षेत्रका एघार क्षेत्रले बुधबार व्यक्तिगत कक्षाहरू स्थगित गरेका छन् ।

ब्युरोले तातो मौसमका कारण दुःखाइ, गर्मीको थकान र गर्मीको स्ट्रोक पनि निम्त्याउन सक्ने चेतावनी दिएको छ ।

यसै महिनाको सुरुमा ब्युरोले फिलिपिन्सभर केही क्षेत्रमा ५१ डिग्री सेल्सियससम्मको तापक्रमको चेतावनी दिएको थियो । यसले आगामी महिनासम्म गर्मी बढ्दै जाने देखाएको छ ।

बढ्दो गर्मी मौसमले विद्यालयहरूलाई विद्यार्थी तथा बालबालिकालाई उच्च गर्मीको प्रभावबाट जोगाउन अनलाइन कक्षाहरू सञ्चालन गर्न बाध्य पारेको छ ।

अत्यधिक गर्मीबाट हुने सम्भावित जटिलताबाट बच्न ब्युरोले जनतालाई बाहिरी गतिविधि सीमित गर्न र प्रशस्त पानी पिउन सल्लाह दिएको छ । – रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 April 2024
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने