आमिर खानले जोया अख्तरसँग मिलेर फिल्म बनाउने

आमिर खानले जोया अख्तरसँग मिलेर फिल्म बनाउने : Icon Khabar

मुम्बई, वैशाख १२ । बलिउड अभिनेता आमिर खानका बारेमा गत वर्ष एउटा खबर भाइरल भएको थियो । उनले अभिनयबाट सन्यास लिने उक्त खबरले प्रशंसकहरु निराश भएका थिए ।

अहिले आएर उक्त खबर असत्य प्रमाणित भएको छ । किनभने अब उनले जोया अख्तरसँग फिल्म बनाउने चर्चा चल्न थालेको छ । यद्यपि, यो विषयलाई पनि उनीहरुले गोप्य राख्ने प्रयास गरेका छन् ।

आमिर र जोयाले मिलेर बनाउने फिल्म मानिसको जीवनशैलीमा आधारित हुने बताइन्छ । फिल्ममा एकजना मध्यम उमेरका व्यक्तिको कथा भनिने छ ।

जोयाका धेरैजसो फिल्महरू जस्तै यो पनि हल्का ड्रामा फिल्म हुनेछ । फिल्मको कथा र कन्सेप्ट तयार भइसकेको छ । त्यसलाई पटकथाको आकार दिन मात्र बाँकी रहेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 April 2024
Website | + posts
ताजा
एनपीएल फाइनल : रोहित, शेर र ट्रम्पलम्यानको ३-३ विकेट, सुदूरपश्चिम ८५ रनमा अलआउट
भक्तपुरको त्रिशुलडाँडाबाट देखिएको मनमोहक हिमशृङ्खला ( फोटो फिचर )
काठमाडौं उपत्यकामा चिसो क्रमिक रूपमा बढ्दै
त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आगामी पुस १० गते दशरथ रंगशालामा हुने


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न