आमिर खानले जोया अख्तरसँग मिलेर फिल्म बनाउने

आमिर खानले जोया अख्तरसँग मिलेर फिल्म बनाउने : Icon Khabar

मुम्बई, वैशाख १२ । बलिउड अभिनेता आमिर खानका बारेमा गत वर्ष एउटा खबर भाइरल भएको थियो । उनले अभिनयबाट सन्यास लिने उक्त खबरले प्रशंसकहरु निराश भएका थिए ।

अहिले आएर उक्त खबर असत्य प्रमाणित भएको छ । किनभने अब उनले जोया अख्तरसँग फिल्म बनाउने चर्चा चल्न थालेको छ । यद्यपि, यो विषयलाई पनि उनीहरुले गोप्य राख्ने प्रयास गरेका छन् ।

आमिर र जोयाले मिलेर बनाउने फिल्म मानिसको जीवनशैलीमा आधारित हुने बताइन्छ । फिल्ममा एकजना मध्यम उमेरका व्यक्तिको कथा भनिने छ ।

जोयाका धेरैजसो फिल्महरू जस्तै यो पनि हल्का ड्रामा फिल्म हुनेछ । फिल्मको कथा र कन्सेप्ट तयार भइसकेको छ । त्यसलाई पटकथाको आकार दिन मात्र बाँकी रहेको बताइन्छ ।

Published Date: 24 April 2024


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग