एसियन सिटी चेस टिम च्याम्पियनसिपमा सहभागी हुन नेपाली चेस टोली रुस जाने

एसियन सिटी चेस टिम च्याम्पियनसिपमा सहभागी हुन नेपाली चेस टोली रुस जाने : Icon Khabar

काठमाडौँ, वैशाख ७ । एसियन सिटी चेस टिम च्याम्पियनसिपमा सहभागी हुन ५ खेलाडीसहित ६ सदस्यीय टोली शनिबार रुस जाने भएको छ ।

अप्रिल २० देखि ३० तारिखसम्म हुने प्रतियोगितामा पुरुषोत्तम चौलागाईं, सुश्रुत दाहाल, गोविन्दमान श्रेष्ठ, इन्द्रकुमार बस्नेत र सागर श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

गत पुसमा भएको छैटौं तुल्सीलाल अमात्य स्मृति राष्ट्रिय क्लब टिम चेस प्रतियोगिताबाट खेलाडी छनोट गरिएको उक्त प्रतियोगिताका संयोजक राजु ताम्राकारले जनाएका छन् । उक्त प्रतियोगितामा यि पाँच खेलाडीको टिम पहिलो भएका थियो । अफिसियलमा सजल कार्की छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।

Published Date: 19 April 2024


ताजा
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
अब सबै अनलाइन बिजनेस सरकारी निकायमा सूचीकरण हुनुपर्ने
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली