एसियन सिटी चेस टिम च्याम्पियनसिपमा सहभागी हुन नेपाली चेस टोली रुस जाने

एसियन सिटी चेस टिम च्याम्पियनसिपमा सहभागी हुन नेपाली चेस टोली रुस जाने : Icon Khabar

काठमाडौँ, वैशाख ७ । एसियन सिटी चेस टिम च्याम्पियनसिपमा सहभागी हुन ५ खेलाडीसहित ६ सदस्यीय टोली शनिबार रुस जाने भएको छ ।

अप्रिल २० देखि ३० तारिखसम्म हुने प्रतियोगितामा पुरुषोत्तम चौलागाईं, सुश्रुत दाहाल, गोविन्दमान श्रेष्ठ, इन्द्रकुमार बस्नेत र सागर श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

गत पुसमा भएको छैटौं तुल्सीलाल अमात्य स्मृति राष्ट्रिय क्लब टिम चेस प्रतियोगिताबाट खेलाडी छनोट गरिएको उक्त प्रतियोगिताका संयोजक राजु ताम्राकारले जनाएका छन् । उक्त प्रतियोगितामा यि पाँच खेलाडीको टिम पहिलो भएका थियो । अफिसियलमा सजल कार्की छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 April 2024
Website | + posts


ताजा
सामाजिक सञ्जालमा चल्यो नयाँ ‘ट्रेन्ड’: डियर बालेन टेक लिड नाउ अर नेभर
जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु
लोकेश्वर साकोसमा आधारभूत बाँसुरी बाजा प्रशिक्षण शुभारम्भ
ललितपुरमा प्रजिअको आदेश अनुसार सभा, जुलुस, भेला, धर्ना गर्न निषेध


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
मंगलबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घट्यो
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु