बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन किन आवश्यक छ ?

बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन किन आवश्यक छ ? : Icon Khabar

काठमाडौँ, वैशाख ६ । शारीरिक क्रियाकलापलाई राम्रोसँग गर्न थोरै मात्रामा चाहिने तर शरीरलाई नभै नहुने सु्क्ष्म पोषक तत्वलाई भिटामिन भनिन्छ। भिटामिन एले शरिरलाई बिभिन्न किसिमका संक्रमण हुनबाट बचाउँछ। आँखालाई स्वस्थ राख्दछ। बालबालिकाको विकासमा महत्वपूर्ण सहायता गर्दछ।

यो आमाको बिगौती दुध, सिङ्गो माछा, जनावरको दूध, हरिया सागपात, कर्कलो, जनावरको कलेजो र किड्नी अन्डा, पहेँला फलफूल, तरकारी, फर्सी मेवा आदिमा स्रोतको रुपमा पाइन्छ भने तयारी क्याप्सुलको रुपमा बिभिन्न मात्रामा सुरक्षीत साथ तयार पारिएको हुन्छ। त्यसैले यसलाई अत्यन्तै महत्वपूर्ण र स्वस्थबर्द्धक पोषक तत्वको रुपमा मानिएको छ।

नेपाल सरकारबाट निशुल्क रुपमा वितरण गरिएका यी महव्वपूर्ण स्वास्थ्य सम्बन्धी अभियानका कार्यक्रमहरुलाई सबैले सहयोग गर्नुपर्छ। आ-आफ्नो पायक पर्ने स्वास्थ्य संस्थामा आफ्नो बालबालिकाले प्राप्त गर्ने समय अबधिका आधारमा अनिवार्य रुपमा औषधि सेवन गराउनु हरेक बाबाआमा र सरोकारवाला सम्पूर्ण नागरिकको कर्तब्य मानिन्छ।

आज मिति २०८१ वैशाख ६ र र भोलि वैशाख ७ गते संचालित हुने भिटामिन ए र जुकाको औषधि खुवाउने राष्ट्रिय कार्यक्रममा सबै सहभागी हुन नेपाल सरकारले अनुरोध गरेको छ।

आ-आफ्ना बालबालिकालाई घातक रोगबाट बचाउन भिटामिन ए र जुकाको औषधि खुवाउन सरकारको अनुरोधलाई पुरा गरौँ र यी औषधि निःशुल्क पाइन्छन्, यी दुबै सुरक्षित छन् र जीवन रक्षा गर्दछन्।

Published Date: 18 April 2024


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी