जुजुकाजी रञ्जितको गीति एल्बम “मतिनाया गल्लि” सार्वजनिक

जुजुकाजी रञ्जितको गीति एल्बम “मतिनाया गल्लि” सार्वजनिक : Icon Khabar

काठमाडौँ, माघ १४ । वरिष्ठ गायक जुजुकाजी रञ्जितको नयाँ गीति एल्बम “मतिनाया गल्लि” शुक्रबार एक कार्यक्रमबीच सार्वजनिक भएको छ । नेपाल भाषाका आठवटा गीतहरु समावेश भएको उक्त एल्बममा गायक रञ्जितसँगै गायिकाद्वय रत्नशोभा महर्जन अनि निशा देशारको आवाज रहेको छ।

वरिष्ठ रचनाकार जनकवि दुर्गालाल श्रेष्ठको शब्द रचना भएको सो एल्बमका गीतहरुमा लोकप्रिय संगीतकार मनराजा नकर्मी र जुगल डंगोलको संगीत रहेको छ। काठमाडौँको रसियन हाउसमा भएको उक्त एल्बम बिमोचन समारोहको प्रमुख आतिथ्यता जनकवि दुर्गालाल श्रेष्ठले गरेका थिए। देशका लोकप्रिय कलाकारहरु वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ , नगिना जोशी, संगीता शाक्य, रमना श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

गायक जुजुकाजी रञ्जितको परिचय 

वरिष्ठ गायक जुजुकाजी रञ्जितको जन्म वि सं २०१२ साल असोज १६ गतेका दिन काठमाडौँमा भएको हो। उनले आफ्नो सांगीतिक यात्राको औपचारिक सुरुवात वि सं २०२२ सालबाट गरेका हुन्। सोहि सालमा रेडियो नेपाल मार्फत स्वर परिक्षा पास गरेका थिए। उनले वि सं २०५१ सालमा भारतको इलाहवाद मार्फत शास्त्रीय गायनमा स्नातक अर्थात संगीत प्रभाकरको अध्ययन पनि गरेका थिए।

नेपाली चलचित्रको पार्श्व गायनमा, नेपाली आधुनिक गीत संगीतमा अनि मुख्यत: नेपाल भाषाको गीत संगीतमा उनले प्रशंसनीय योगदान गर्दै आएका छन्। गायन बाहेक उनको विशेषज्ञता मेकानिकल इञ्जिनियेरिङ्गमा पनि रहेको छ। वि सं २०३८ सालमा तत्कालिन सोभियत संघ अन्तर्गत रुसको भोल्गा गाड पोलिटेक्निक इन्स्टिट्युट स्टेट युनिभर्सिटि मार्फत मेकानिकल इञ्जिनियेरिङ्गमा स्नातकोतर तहको अध्ययन पूरा गरेका थिए ।

नेपाल भाषाको पहिलो चलचित्र सिलु (सन् १९८६) संगै नेपाली चलचित्र भुमरी , रक्षा, सुन्दरी साथै मैथिली अनि भोजपुरी भाषाका गीतहरु पनि उनले गाएका छन्। जिन्दगीको अन्तरालमा गायक रञ्जित विभिन्न पदक, सम्मानबाट विभूषित हुदै आएका छन्।

वि सं २०३९ सालमा मेकानिकल इन्जिनियरका रुपमा नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरे। साथै नेपालका विभिन्न विद्युत परियोजनाहरुमा निर्देशक पनि भए । त्यतिबेलाको मध्यमाञ्चल क्षेत्रीय निर्देशक तथा मध्य पश्चिमाञ्चलका निर्देशकसम्म भई उनले वि सं २०७० साल असोज १५ गते अनिवार्य अवकाश प्राप्त गरे। जागिरले अवकाश दिए पनि गायक रञ्जितको सांगीतिक यात्रा भने झन् मजबुत भएको छ।

जागिरे जीवन हुँदा आफ्नो व्यस्तताले कति सांगीतिक इक्षाहरु पुरा गर्न नसकेको कुरालाई अहिले सक्रिय रूपले लागिरहेको उनको विभिन्न नयाँ नयाँ गीत संगीत अनि एल्बमले प्रस्ट बोलेकोमा कुनै दुईमत नहोला।

Published Date: 28 January 2023








ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख ६ गते आइतबार
विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र विद्यार्थीले ट्रान्सक्रिप्ट पाउने
बोतल र जारको पानीको मूल्य बढ्यो, ४० प्रतिशतसम्म मूल्यवृद्धि
वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै एनओसी लिन सकिने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ