बंगलादेशका बैंकहरुमा खराब कर्जा डुब्दै, बैंकहरुलाई फोर्स मर्जरमा लैजाने तयारी

बंगलादेशका बैंकहरुमा खराब कर्जा डुब्दै, बैंकहरुलाई फोर्स मर्जरमा लैजाने तयारी : Icon Khabar

काठमाडौं, वैशाख ४ । बंगलादेशको केन्द्रीय बैंक ‘बंगलादेश बैंक’ ले देशका बैंकहरुलाई फोर्स मर्जरमा लैजाने भएको छ ।

बंगलादेश बैंकले ८ देखि १० वटा कमजोर बैंकहरुलाई फोर्स मर्जरमा लैजाने योजना बनाएको बंगलादेशी पत्रिका ‘द बिजनेस स्टान्डर्ड’ ले उल्लेख गरेको छ । केन्द्रीय बैंकले फोर्स मर्जरमा लैजानु अघि कमजोर बैंकहरुलाई बलिया बैंकसँग स्वैच्छिक मर्जरको लागि आग्रह गर्ने भएको छ ।

बंगलादेश बैंकले मर्जरमा जाने बैंकहरुलाई न्यूनतम पुँजी आवश्यकता, प्रोभिजनिङ, क्यास रिजर्भ रेसियो (सीआरआर) र वैधानिक तरलता अनुपात आवश्यकता, लिक्विडिटी कभरेज रेसियोलगायतमा नियामकीय छुटसहित प्रोत्साहन प्रदान गर्ने बताएको छ । यस्तो प्रोत्साहन कमजोर बैंकलाई गाभ्न बोलपत्र पेश गर्ने बलिया बैंकहरुले पाउनेछन् ।

बंगलादेश बैंकको मस्यौदा निर्देशिकामा तरलता सहायता, विदेशी विनिमय सहायता, बंगलादेश बैंकले गाभ्ने बैंकबाट कम दरमा दीर्घकालीन ऋणपत्र खरिद गर्ने विकल्प, पुँजी वृद्धि गर्न सेयर जारी पाउने, कर छुट र गुडविललाई सम्पतिको रुपमा गणना गर्न दिनेलगायतका प्रोत्साहन व्यवस्था गरिएको द बिजनेस स्टान्डर्डले उल्लेख गरेको छ ।

बंगलादेश बैंकले खराब कर्जाको भारी बोझमा डुबेका बैंकहरुलाई बचाउने पहलस्वरुप कमजोर बैंकहरुलाई बलिया बैंकमा मर्ज गराउने योजना बनाएको हो । मर्जर सफल भएमा कमजोर बैंकहरुको ८ खर्ब ४० अर्ब टाका बराबरको दायित्व बलिया बैंकहरुमा सर्नेछ ।

विभिन्न घोटालाहरुबाट प्रभावित १० वटा कमजोर बैंकहरुको कुल डिफल्ट लोन डिसेम्बर सन् २०२३ सम्ममा ५ खर्ब ४० अर्ब टाका बराबर रहेको छ । साथै, यी बैंकहरुमा ३ खर्ब टाका पुँजी अभाव रहेको छ ।

Published Date: 16 April 2024


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी