बंगलादेशका बैंकहरुमा खराब कर्जा डुब्दै, बैंकहरुलाई फोर्स मर्जरमा लैजाने तयारी

बंगलादेशका बैंकहरुमा खराब कर्जा डुब्दै, बैंकहरुलाई फोर्स मर्जरमा लैजाने तयारी : Icon Khabar

काठमाडौं, वैशाख ४ । बंगलादेशको केन्द्रीय बैंक ‘बंगलादेश बैंक’ ले देशका बैंकहरुलाई फोर्स मर्जरमा लैजाने भएको छ ।

बंगलादेश बैंकले ८ देखि १० वटा कमजोर बैंकहरुलाई फोर्स मर्जरमा लैजाने योजना बनाएको बंगलादेशी पत्रिका ‘द बिजनेस स्टान्डर्ड’ ले उल्लेख गरेको छ । केन्द्रीय बैंकले फोर्स मर्जरमा लैजानु अघि कमजोर बैंकहरुलाई बलिया बैंकसँग स्वैच्छिक मर्जरको लागि आग्रह गर्ने भएको छ ।

बंगलादेश बैंकले मर्जरमा जाने बैंकहरुलाई न्यूनतम पुँजी आवश्यकता, प्रोभिजनिङ, क्यास रिजर्भ रेसियो (सीआरआर) र वैधानिक तरलता अनुपात आवश्यकता, लिक्विडिटी कभरेज रेसियोलगायतमा नियामकीय छुटसहित प्रोत्साहन प्रदान गर्ने बताएको छ । यस्तो प्रोत्साहन कमजोर बैंकलाई गाभ्न बोलपत्र पेश गर्ने बलिया बैंकहरुले पाउनेछन् ।

बंगलादेश बैंकको मस्यौदा निर्देशिकामा तरलता सहायता, विदेशी विनिमय सहायता, बंगलादेश बैंकले गाभ्ने बैंकबाट कम दरमा दीर्घकालीन ऋणपत्र खरिद गर्ने विकल्प, पुँजी वृद्धि गर्न सेयर जारी पाउने, कर छुट र गुडविललाई सम्पतिको रुपमा गणना गर्न दिनेलगायतका प्रोत्साहन व्यवस्था गरिएको द बिजनेस स्टान्डर्डले उल्लेख गरेको छ ।

बंगलादेश बैंकले खराब कर्जाको भारी बोझमा डुबेका बैंकहरुलाई बचाउने पहलस्वरुप कमजोर बैंकहरुलाई बलिया बैंकमा मर्ज गराउने योजना बनाएको हो । मर्जर सफल भएमा कमजोर बैंकहरुको ८ खर्ब ४० अर्ब टाका बराबरको दायित्व बलिया बैंकहरुमा सर्नेछ ।

विभिन्न घोटालाहरुबाट प्रभावित १० वटा कमजोर बैंकहरुको कुल डिफल्ट लोन डिसेम्बर सन् २०२३ सम्ममा ५ खर्ब ४० अर्ब टाका बराबर रहेको छ । साथै, यी बैंकहरुमा ३ खर्ब टाका पुँजी अभाव रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 April 2024
Website | + posts