बिस्का: जात्राको आठौँ दिन, आज द्यो स्वगं बिएगु जात्रा सम्पन्न (फोटो फिचर)

बिस्का: जात्राको आठौँ दिन, आज द्यो स्वगं बिएगु जात्रा सम्पन्न (फोटो फिचर) : Icon Khabar

भक्तपुर, वैशाख ४ । विश्व प्रसिद्व भक्तपुरको बिस्का जात्राको आठौं दिन भक्तपुरमा द्यो स्वगं बिएगु जात्रा सम्पन्न भएको छ ।

देवीदेवताहरूलाई सगुन पूजा गर्न आ–आफ्नो द्यो छें (देव घर) बाट निकाली चोक तथा डबलीमा राखेर आ–आफ्नो गच्छेअनुसार सगुनका रुपमा रक्सी, अन्डा, माछा, अदुवा, चामल, चिउरा, रोटी, बिस्कुटलगायत परिकार चढाउने गरिन्छ ।

बिहानैदेखि भक्तपुरका विभिन्न धिमे बाजा, बाँसुरी बाजा र भजन खलःहरुले नगरका शक्तिपिठ तथा देवी देवताहरुको परिक्रमा गरी सगुन जात्रा मनाइएको हो ।

जात्राका क्रममा स्थानीय महिला तथा पुरुष परम्परागत नेवारी पोशाक हाकु पटासी र दाउरा सुरुवालमा सजिएर जात्रामा सहभागी भएका थिए।
नगरभित्रका सडकका पेटीमा जात्रा हेर्न बसेका जात्रालुको भीडले भक्तपुरलाई जात्रामय बनाएको छ ।

जात्राका क्रममा भक्तपुर नगरभरि विभिन्न टोलमा छरिएका ३३ स्थानका छुट्टाछुट्टै देवस्थलमा सगुन चढाइन्छ । नगरका विभिन्न स्थानमा रहेका अष्टमातृका, भैरव र गणेश गरी कुल ४१ वटा देवीदेवतालाई सगुन दिइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
6
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 April 2024
Website | + posts
ताजा
आमायाङ्ग्री पदयात्रा: हिमालको दृश्यसँगै प्रकृतिको अनुपम सौन्दर्य (फोटो फिचर)
शिक्षण अस्पतालले आगामी माघ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रमको उपचार सेवा बन्द गर्ने
बलिउड अभिनेत्री सन्नी लियोनले गरिन् नेपालको प्रशंसा
सोमबार सुनको मूल्य प्रतितोला ४ हजार १ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुरमा अपेनको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा किरण गोसाईं
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपूर नगरव्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगितामा भक्तपूर मोडर्न स्कूलको उत्कृष्ट प्रदर्शन