बिस्का: जात्राको आठौँ दिन, आज द्यो स्वगं बिएगु जात्रा सम्पन्न (फोटो फिचर)

बिस्का: जात्राको आठौँ दिन, आज द्यो स्वगं बिएगु जात्रा सम्पन्न (फोटो फिचर) : Icon Khabar

भक्तपुर, वैशाख ४ । विश्व प्रसिद्व भक्तपुरको बिस्का जात्राको आठौं दिन भक्तपुरमा द्यो स्वगं बिएगु जात्रा सम्पन्न भएको छ ।

देवीदेवताहरूलाई सगुन पूजा गर्न आ–आफ्नो द्यो छें (देव घर) बाट निकाली चोक तथा डबलीमा राखेर आ–आफ्नो गच्छेअनुसार सगुनका रुपमा रक्सी, अन्डा, माछा, अदुवा, चामल, चिउरा, रोटी, बिस्कुटलगायत परिकार चढाउने गरिन्छ ।

बिहानैदेखि भक्तपुरका विभिन्न धिमे बाजा, बाँसुरी बाजा र भजन खलःहरुले नगरका शक्तिपिठ तथा देवी देवताहरुको परिक्रमा गरी सगुन जात्रा मनाइएको हो ।

जात्राका क्रममा स्थानीय महिला तथा पुरुष परम्परागत नेवारी पोशाक हाकु पटासी र दाउरा सुरुवालमा सजिएर जात्रामा सहभागी भएका थिए।
नगरभित्रका सडकका पेटीमा जात्रा हेर्न बसेका जात्रालुको भीडले भक्तपुरलाई जात्रामय बनाएको छ ।

जात्राका क्रममा भक्तपुर नगरभरि विभिन्न टोलमा छरिएका ३३ स्थानका छुट्टाछुट्टै देवस्थलमा सगुन चढाइन्छ । नगरका विभिन्न स्थानमा रहेका अष्टमातृका, भैरव र गणेश गरी कुल ४१ वटा देवीदेवतालाई सगुन दिइन्छ ।

Published Date: 16 April 2024


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी