जाडोमा छालाको हेरचाह गर्ने विधिका बारेमा प्रा डा सबिना भट्टराईसंगको आइकन संवाद

जाडोमा छालाको हेरचाह गर्ने विधिका बारेमा प्रा डा सबिना भट्टराईसंगको आइकन संवाद : Icon Khabar
छाला रोग विशेषज्ञ प्रा डा सबिना भट्टराई

काठमाडौँ, माघ ५ । प्रकृतिको नियम नै हो। जाडो पछि गर्मी अनि गर्मी पछि जाडो मौसमसंग हामीले जिउनुपर्छ । गर्मीमा भन्दा जाडोमा हामीले आफ्नो स्वास्थ्यको ख्याल राख्नुपर्छ । विभिन्न कुराहरु मध्य छाला पनि एउटा यस्तो शरीरको भाग हो जसको स्याहार जाडो मौसममा अझ हामीले राम्रोसँग गर्नुपर्छ। चिसो हावाले हाम्रो छाला तन्कने, सुख्खापना आउने र चम्किलोपना कम हुन थाल्छ । जाडोयाम आउनासाथ हाम्रोे छाला सुख्खा हुन थाल्छ । कहिलेकाहीँ त छालामा राता-राता धर्साहरु पनि देखिन थाल्छन् ।

कसै-कसैलाई त धेरै चिसो भएर छाला सुख्खा भएर फुट्न थाल्छ र रगत पनि आउँछ । जाडोयाममा ओँठ फुट्नु सामान्य कुरा हो । जाडोयाममा सबैभन्दा बढी छालाको हेरचाह गर्नु पर्छ । हामी परिवर्तनशील मौसमलाई त रोक्न सक्दैनौं, तर आफ्नो जीवनशैलीमा केही परिवर्तन गरेर छालालाई सुन्दर र स्वस्थ बनाउन सक्छौं ।

आइकन संवादको यो अंकमा हामीले छाला रोग विशेषज्ञ प्रा डा सबिना भट्टराईसँग कुरा गरेका छौ। जाडो याममा छालाको हेरचाह कसरि गर्न सकिन्छ भन्ने विषयमा उहासँग गरिएको कुराकानीको आधारमा यो प्रश्न उत्तर:

१ जाडोमा कस्ता खालका छालाका समस्या देखिने गर्दछ ?
– जाडो मौसममा छालामा विभिन्न समस्या देखिने गर्छन् । हातखुट्टा फुट्ने, सुन्निने, छालामा निलो, रातो डाम देखिने जस्ता समस्याहरु हुने गर्दछ। जाडो मौसममा हामीले घाम बढी ताप्ने हुँदा छाला सुख्खा हुने, चाया पर्ने, कालो दाग बढीमात्र देखिने पनि अर्को एउटा समस्या हो।
जाडो मौसममा आद्र्रता कम हुने हुँदा छाला सुक्खा हुदै जान्छ । त्यतिमात्र होइन, जाडो महिनामा शरीरमा विभिन्न किसिमका एलर्जीहरु पनि देखा पर्छन् । उनीको लुगा लगाउने हुँदा एलर्जी भएर शरीर चिलाउने, पोल्ने हुन्छ ।

चाडोमा हातखुट्टा सुनिने समस्या पनि धेरै देखिन्छ । त्यसैले पनि हामीहरु धेरै घाममा बस्ने, आगो ताप्ने, हिटर ताप्ने गर्दा हाम्रो छाला सुक्खा हुदै जान्छ । त्यसमा पनि सुक्खा मौसममा साबुनपानीको बारम्बार प्रयोग गर्दा छालामा साबुनको एलर्जी आउने, छाला फुट्ने, राता दाग देखिने जस्ता समस्या लिएर अस्पतालमा आउने गरेका छन् ।

२ यसका कारण हरु के के रहेका छन् ?
– विशेषत: चिसोमा आवश्यक मात्रामा शरीरमा पानीको मात्रा पुग्दैन, यसले गर्दा छाला रुखो हुन्छ । मानिसलाई जति गर्मीमा तिर्खा लाग्ने गर्दछ त्यति तिर्खा जाडोमा लाग्दैन त्यसैको कारण शरिरमा पानीको मात्रा कम हुन्छ र जाडोमा वायुको आर्द्रता कम हुन्छ । यसले गर्दा छाला रुखो हुने , फुट्ने समस्या निम्तिने गर्दछ।

३ धेरैजनाले जाडोमा छाला जन्य समस्याबाट जोगिन मोस्चराइरको प्रयोग गर्छन। मोस्चराइजिङ क्रिम लगाउँदा ध्यान दिनुपर्ने कुराहरु के के हुन् ?
– मोस्चराइजजिङ क्रिम, लोसन जाडो र गर्मी महिनाको भिन्न हुन्छ । गर्मीमा प्रयोग गर्ने क्रिमले जाडोमा काम नगर्नपनि सक्छ त्यसैले जाडोमा प्रयोग गर्ने मोस्चराइज क्रिम र लोसनको प्रयोग गर्नु पर्छ । किनभने जाडोमा प्रयोग गर्ने लोसनमा बढी मोच्चराइज वा चिल्लो खालको हुन्छ । सकेसम्म विशेषज्ञको सल्लाहमा मोस्चराइजर क्रिम वा लोसनको प्रयोग गर्दा राम्रो हुन्छ ।जाडो मौसममा हामीले धेरै ग्लिसिरिनको प्रयोग गर्ने गर्दछौँ । त्यो राम्रो पनि हो । ग्लिसिरिनको प्रयोग गर्दा ग्लिसिरिन मात्रा प्रयोग गर्नुहुदैँन ।

ग्लिसिरिन मात्र प्रयोग गर्नाले शरीरमा भएको चिल्लो प्रदार्थलाई सोसेर छाला झन् सुख्खा बनाउने गर्दछ ।
त्यसैले ग्लिसिरिनको प्रयोग गर्दा जहिले पनि एक चम्चा ग्लिसिरिनमा दुई चम्चा पानी वा रोज वाटर वा कागती मिसाएर प्रयोग गर्दा उपयुक्त हुन्छ ।

४ जाडोमा खुट्टा फुटेर हैरान भैइन्छ । यो समस्याबाट कसरि बच्न सकिन्छ ?
– खुट्टा फुट्ने समस्या भएकाहरुले खुट्टालाई बनाएको क्रिम लगाउनु पर्छ । त्यस्तो क्रिममा धेरै मोस्चराइज केमिकल हालेर बनाइएकोले फुटेको खुट्टा छिटो निको हुन मदत गर्छ ।

५ यो मौसममा तातो पानीले नुहाउनु कतिको उपयुक्त हुन्छ ?
– धेरै तातो पानी भन्दा पनि मन तातो पनि प्रयोग गर्नुपर्छ। जाडोमा नुहाउदा तातो पानीको प्रयोग गर्ने हुँदा शरीर सुख्खा हुन्छ । त्यसैले सकेसम्म नुहाउँदा धेरै तातो नभइ मनततो पानीले नुहाउने गर्नु पर्छ । नुहाइ सकेपछि पानी पुछेर शरीरभर मोस्चराइज लोसनको प्रयोग गर्दा शरीरको चिल्लो कम हुन पाउदैँन ।

६ कपालको हेरचाहलाई पनि केहि भानिद्नुहोस न।
– जाडोमा कपाल रुखो हुने हुदा हप्ताको एकपटक तेल लगाउनु पर्दछ र छिटो छिटो कपालमा स्याम्फु प्रयोग गर्नु हुदैन । धेरै स्याम्फुको प्रयोगले कपाल रुखो हुन्छ ।

७ जाडो मौसममा बच्चाहरुलाई चिलाउने समस्या पनि हुन्छ। कसरि स्याहार गर्न सकिएला ?
– बालबालिकालाई राति सुत्नुभन्दा अगाडी तेल लगाइदिनु पर्छ । यो संगै बच्चालाई उनीको लुगाभित्र जहिले पनि सुतिको लुगा लगाइदिनु पर्छ । त्यसो गर्दा चिलाउने समस्या कम हुन्छ ।

८ जाडो मौसममा समग्र छालाको स्याहार कसरी गर्न सकिन्छ ?
– जाडोमा हामीले धेरै साबुन प्रयोग गर्नाले हाम्रो छाला सुख्खा हुदै जान्छ ।त्यसैले मोस्चराइजर क्रिमको प्रयोग गर्नुपर्छ । जाडोमा घाममा बस्दा वा घरबाहिर निस्कदा सन्सक्रिममा बढी एसपिएफ भएको प्रयोग गर्नुपर्दछ ।

जाडोमा हामीले फेसवासको प्रयोग गर्दा पनि माइल्ड खालको फेसवासको प्रयोग गर्ने र तुरुन्तै मोस्चराइज क्रिमको प्रयोग गर्न सक्छौँ । त्यसो गर्दा जाडोमा मोस्चराइज हराउन पाउँदैन । जाडोमा हिटर ताप्ने, घाममा धेरै बस्दा शरीरमा पानीको मात्रापनि कम हुने हुदाँ प्रशस्त मात्रामा मनतातो पानी पिउनु पर्दछ । किनभने हातखुट्टा धेरै फुट्नुको कारण पनि शरीरमा पानीको मात्रा कम भएकाले हो ।

जाडो मौसममा खानपानमा विशेष ध्यान दिनुपर्छ भने हरियो सागसब्जीमा बढी जोड दिनुपर्छ । मौसमी फलफूल सेवन गर्दा जाडोमा छालालाई स्वास्थ्य राख्न सहयोग पुग्छ। जाडोमा छाला सुक्खा हुन नदिन मोइस्चराइजर क्रिमको प्रयोग नभए नरिवलको तेल वा वोलिभको आयलको नियमित प्रयोग गर्न सकिन्छ। त्यसैगरी घाम ताप्दा घामतिर मुख नफर्काइ बस्नुपर्छ।

खानपानमा विशेष ध्यान दिनुपर्छ भने हरियो सागसब्जीमा बढी जोड दिनुपर्छ । मौसमी फलफूल सेवन गर्दा जाडोमा छालालाई स्वास्थ्य राख्न सहयोग पुग्छ। गाउँघर तथा हिमाली क्षेत्रमा बस्ने प्रायको हात, खुट्टाका औँला रातो भएर सुन्निने, गाला फुट्ने समस्याले सताउने गर्छ । त्यसको उपचारका लागि घरमा पाइने नाैनी राख्न सकिन्छ।

(प्रा डा सबिना भट्टराई, काठमाडौँ नागपोखरी मार्गमा अवस्थित लभना स्कीन एण्ड हेयर क्लिनिककी कार्यकारी निर्देशक हुन्।
साथै उनी सोसाइटी अफ डर्मेटोलोजिष्ट्स, भेनेरोलोजिष्ट्स र लेप्रोलोजिष्ट्स अफ नेपालकी वर्तमान अध्यक्ष पनि हुन्। )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
1
+1
0
+1
0
Published Date: 20 January 2023
Kiran Suwal
किरण सुवाल
+ posts