एसीसी प्रिमियर कप क्रिकेट: आज नेपालले हङकङसँग खेल्दै

एसीसी प्रिमियर कप क्रिकेट: आज नेपालले हङकङसँग खेल्दै : Icon Khabar

काठमाडौँ, वैशाख ३ । एसीसी प्रिमियर कप क्रिकेटमा आज नेपालले हङकङसँग खेल्दैछ।

ओमानको अल अमिरातमा हुने खेल बिहान पौने १२ बजे सुरु हुनेछ। दुई खेलमा दुवै खेल जितेको नेपाल अङ्क तालिकाको शीर्ष स्थानमा छ। दुईमध्ये एक खेल जितेको हङकङ चौथो नम्बरमा छ। एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा छ।

यो समूहमा नेपालसँगै हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन् । त्यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) छन्।

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। फाइनल जित्ने टोलीले एसिया कप खेल्न पाउनेछ।

Published Date: 15 April 2024