भक्तपुर व्यापार महोत्सव सम्पन्न, पत्रकार ढकाल सम्मानित

भक्तपुर व्यापार महोत्सव सम्पन्न, पत्रकार ढकाल सम्मानित : Icon Khabar

भक्तपुर, वैशाख २ । भक्तपुरको सल्लाघारी चौरमा गत चैत २२ गतेदेखि जारी महोत्सव आज सम्पन्न भएको छ। महोत्सवमा करिब ८ करोड बराबरको कारोबार भएको संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिए ।

आजको समापन कार्यक्रममा भक्तपुरमा जिल्लामा लामो समयदेखि पत्रकारिता सक्रिय पत्रकार हेमराज ढकाल सम्मानित भएका छन् ।

औद्योगीक शान्ति नेपाल संस्थाले आयोजना गरेको आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सवको अवसर ढकाललाई सम्मान गरेको हो । काभ्रेमा जन्मिएर कर्मथलो भक्तपुर बनाएका पत्रकार ढकाल जिल्लामा करिब डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

विगतका समदूरी साप्ताहिक, सौर्य दैनिक, रातोपाटी डटकम हुदैं हाल नयाँ नेपाल न्युजको कार्यकारी सम्पादक रहेका ढकाललाई नगद रु ५ हजारसहित सूर्यविनायक नगरपालिकाका नगरप्रमुख बासुदेव थापाले सम्मान गरेका हुन् । नेपाल पत्रकार महासंघ भक्तपुरका सहसचिव समेत रहेका ढकाल, प्रेस चौतारी भक्तपुरका अध्यक्ष र राष्ट्रिय संचार केन्द्रका सचिव समेत हुन् ।

उक्त अवसरमा राष्ट्रिय तथा अन्राष्ट्रिय रुपमा उत्कृठ रहेका खेलाडीहरुलाई समेत सम्मान गरिएको छ । नगरप्रमुख थापाले भलिबल खेलका प्रशिक्षक तथा पूर्व खेलाडी उत्सव खड्का, नेपाल पुलिस क्लब महिला भलिबल टिमका प्रशिक्षक रुपेश विष्ट र भारत्तोलन खेलाडी लक्ष्मी वनलाई सम्मान गरिएको छ । खेलाडीहरुलाई जनही नगद रु.५ हजारसहित सम्मान गरिएको महोत्सवका संयोजक दीपक थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 April 2024
Website | + posts