भारतीय शेयर बजारमा शुक्रबार भारी गिरावट

भारतीय शेयर बजारमा शुक्रबार भारी गिरावट : Icon Khabar

काठमाडौँ, माघ १३ । भारतीय शेयर बजारमा शुक्रबार भारी गिरावट भएको छ । सो बजारमा निरन्तर दोश्रो दिन सेन्सेक्स र निफ्टीमा गिरावट देखिएको हो । साताको अन्तिम कारोबार दिन, भारतको सेन्सेक्स ८७४ अंकभन्दा धेरैले घटेर ५९ हजार ३३० विन्दुमा झरेको छ । यस्तै, निफ्टी २८७ अंकले गिरावट हुँदा १७ हजार ५७५ विन्दुमा बन्द भयो । सेन्सेक्सका ३० शेयरहरुमध्ये २२ शेयर घट्दा ८ शेयरमा वृद्धि भएको छ ।

निफ्टी ५० को अडानी इंटरप्राइजेज, अडानी पोर्ट्स, एसबीआई, आईसीआईसीआई बैंक, इंडसइंड बैंक,ओएनजीसी र बपिीसीएल समेत ३७ शेयरहरुमा गिरावट देखिएको छ। यसैगरी, टाटा मोटर्स, बजाज अटो, डा. रेड्‌डी, आईटिसी, सिप्ला, डिविस लैब, अपोलो हॉस्पिटल समेत निफ्टी ५० के १२ शेयरमा वृद्धि देखिएको छ ।

Published Date: 27 January 2023






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न