भारतीय शेयर बजारमा शुक्रबार भारी गिरावट

भारतीय शेयर बजारमा शुक्रबार भारी गिरावट : Icon Khabar

काठमाडौँ, माघ १३ । भारतीय शेयर बजारमा शुक्रबार भारी गिरावट भएको छ । सो बजारमा निरन्तर दोश्रो दिन सेन्सेक्स र निफ्टीमा गिरावट देखिएको हो । साताको अन्तिम कारोबार दिन, भारतको सेन्सेक्स ८७४ अंकभन्दा धेरैले घटेर ५९ हजार ३३० विन्दुमा झरेको छ । यस्तै, निफ्टी २८७ अंकले गिरावट हुँदा १७ हजार ५७५ विन्दुमा बन्द भयो । सेन्सेक्सका ३० शेयरहरुमध्ये २२ शेयर घट्दा ८ शेयरमा वृद्धि भएको छ ।

निफ्टी ५० को अडानी इंटरप्राइजेज, अडानी पोर्ट्स, एसबीआई, आईसीआईसीआई बैंक, इंडसइंड बैंक,ओएनजीसी र बपिीसीएल समेत ३७ शेयरहरुमा गिरावट देखिएको छ। यसैगरी, टाटा मोटर्स, बजाज अटो, डा. रेड्‌डी, आईटिसी, सिप्ला, डिविस लैब, अपोलो हॉस्पिटल समेत निफ्टी ५० के १२ शेयरमा वृद्धि देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 January 2023
Website | + posts