काठमाडौं, माघ १३ । सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएका रवि लामिछानेले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका छन् । लामिछानेका प्रेस संयोजक नवराज पाण्डेका अनुसार लामिछानेले अहिले साँझ बालुवाटार पुगेर राजीनामा बुझाएका हुन् । आज सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको सांसद पद खारेज गरेको हो।
अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेको भन्दै सर्वोच्च अदालतले लामिछाने उम्मेदवार हुन पनि अयोग्य भएको ठहर गरेको छ । लामिछाने ११ पुसमा उपप्रधानसहित गृहमन्त्री बनेका थिए ।