आज बिहीबारको राशिफल

आज बिहीबारको राशिफल : Icon Khabar

काठमाडौं, चैत २९ । आज २०८० चैत २९ गते बिहीबार , तद्अनुसार ११ अप्रिल २०२४ । आज चैत शुक्ल तृतिया, उत्तरायणं वसन्त ऋतु, कृतिका नक्षत्र, प्रिति योग, चन्द्रराशिः मेष, यो शुभ योग हो, आज ईद उल फितर, मत्स्य जयन्ती व्रत,मत्स्यनारायण मेला,गौरी व्रत, सूर्योदय बिहानः ०५ः४४ बजे, सूर्यास्त साँझ १८ः२६ बजे ।

आजको राशिफल

मेष: मेहनतको फल पाइने छ । धन प्राप्ति सुगम हुनेछ । प्रसन्नता रहने छ । दांपत्य जीवन सुखद रहने छ ।

वृष: पुराना साथीहरुसंग भेटघाट हुनेछ । उत्साहवर्धक सूचना पाइने छ । मान–सम्मान बढ्ने छ ।

मिथुन: भाग्योन्नतिको प्रयास सफल रहने छ । उपहार प्राप्ति हुनेछ । व्यावसायिक चिन्ता हट्न सक्छ ।

कर्कट: स्वास्थ्यमा खर्च हुनेछ । विवाद नगर्नु होला । यात्रामा आफ्ना वस्तुहरु सम्हालेर राख्नु होला ।

सिंह: व्यावसायिक यात्रा सफल रहने छ । प्रसन्नता रहने छ । आर्थिक स्थिति मध्यम रहने छ ।

कन्या: नयाँ अनुबन्ध हुनेछ । यात्रा, लगानी तथा जागिर मनोनुकूल रहने छ । जीवनसाथीप्रति ध्यान दिनु होला ।

तुला: धर्म–कर्ममा रुचि बढ्ने छ । वरिष्ठजनको सहयोग पाइने छ । बुद्धि तथा तर्कबाट कार्यमा सफलताको योग बन्ने छ ।

वृश्चिक: समय ठीक छैन । विवाद नगर्नु होला । सकारात्मक विचारहरुका कारण प्रगतिको योग बन्ने छ ।

धनु: प्रेम–प्रसंगमा अनुकूलता रहने छ । राजकीय काम बन्ने छ । आर्थिक स्थितिमा प्रगतिको सम्भावना छ ।

मकर: सम्पत्तिको कार्यले लाभ दिने छ । परीक्षा अथवा अन्तर्वार्तामा सफलता पाइने छ । प्रसन्नता रहने छ । धनार्जन हुनेछ ।

कुम्भ: कुनै आनन्दोत्सवमा भाग लिने अवसर पाइने छ । रचनात्मक कार्य सफल रहने छ । स्वास्थ्यमा ध्यान दिनु होला ।

मीन: अरुबाट अपेक्षा नगर्नु होला । विद्यार्थिहरुले प्रतियोगितामा सफलता पाउने छन् । बोलीमा संयमता अपनाउनु होला ।

Published Date: 11 April 2024




ताजा
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
विभिन्न क्षेत्रमा भारी वर्षा जारी रहँदा तराईका क्षेत्रमा तापक्रम बढ्यो
इ-पासपोर्ट खरिद प्रकरणमा ‍दुईवटा जर्मन कम्पनीका प्रतिनिधिहरुलाई अख्तियारले बोलायो
शिक्षामा २ खर्ब १८ अर्ब बजेट, सबै सामुदायिक माध्यमिक विद्यालयमा स्मार्टबोर्ड राख्ने योजना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न